AnonymousUser

Logout

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

सशस्त्र प्रहरीका हवल्दार थमन विकको हत्या अभियोगबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन सभामुख देवराज घिमिरेको निर्देशनअनुसार संसद् सचिवालयले फुकुवा गरेको छ।

मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गरेको आरोपमा २ जना पक्राउ

मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गरेको आरोपमा स्थानीय झापु शाही र धनबहादुर भट्ट पक्राउ परेका छन्।

बेलडाँगी शरणार्थी शिविरमा आगलागी, १ घर जल्यो

बिहान चार बजेतिर शुरू भएको आगोले शरणार्थी शिविरका भीमबहादुर घिमिरेको बाँसको घर जलेको छ। 

चितवनको तोक्दानमा सामुदायिक घरबास

फिस्लिङबाट इच्छाकामना, उर्दाङगढी हुँदै सौराहा जाने पर्यटकलाई लक्षित गरी  तोक्दाङमा सामुदायिक घरबास सञ्चालन गरिएको छ। 

कोशी र गण्डकीको उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु, २ पुरुषको शव फेला

काठमाडौँ, भक्तपुर, चितवन, बारा लगायतका स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करी गरेको अभियोगमा १ जना पक्राउ 

भिजिट भिसामा विदेश जान लागेका युवाको शंकास्पद कागजातसहित मोरङका विनोद कार्कीलाई काठमाडौँको बल्खुबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक शनिबारदेखि दैनिक ४ घण्टा बन्द हुँदै

चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो।

वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

अदालतको आश्चर्यचकित पार्ने आदेश

नाबालिग जबरजस्ती करणी मुद्दामा पीडितको बयान, मेडिकल रिपोर्ट, घटना मुचुल्का, प्रहरीले सोधपुछ गरेकाहरूले गरिदिएको घटनाविवरण कागज र सरकारी वकिलको मागदाबी विपरीत अदालतबाट आदेश आएको छ।

लमजुङका ३९ वटा वडा सचिवविहीन, मर्कामा सेवाग्राही

केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडा सचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।

बसाइँसराइको प्रभाव: नेपालमा बस्न योग्य ५ लाख घर खाली

जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र शहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा युवा र बालबालिकाको संख्या बढी छ।

धनुषाको संहपुर तनावग्रस्त, प्रहरीको गोलीबाट २ जना घाइते

स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि हंसपुर तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीको दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन्।

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

म्याग्दीमा नदीमा २ जनाको शव फेला

म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ।

सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा, पुस १२ गते सुनुवाइ हुने

परमादेशबमोजिम अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

दलित समुदायले उत्पादन गरेको दूध संकलन नगरे कारबाही

गाउँमा दूध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ।

नेपाल र श्रीलंकाका विदेशमन्त्रीबीच क्षेत्रीय संगठनहरू बलियो बनाउनेबारे छलफल

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।

२ वर्ष निर्माण अवधि भएको योजना १ वर्षमै पूरा

म्याग्दीको बेनी–८ कालीपुलबाट गलेश्वर जोड्ने बेनी–गलेश्वरखण्ड कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको छ। यो सडक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्छ। 

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना: ५ जनाको मृत्यु , ९ घाइते 

दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाहीसहित पाँच जनाको मृत्यु भएको छ।