AnonymousUser

Logout

फलाम उत्खनन गर्दै सरकार

उद्योगका लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइसकिएको धौवादी फलाम कम्पनीका सीईओ डा. जनकबहादुर चन्दले बताए।

चीनका विश्वविद्यालयमा नेपाली पढिरहेका चिनियाँको नेपाल साइनो

चीनका विभिन्न विश्वविद्यालयबाट हरेक वर्ष चिनियाँ विद्यार्थीहरू एक सेमेस्टर नेपाली भाषा पढ्न नेपाल आउँछन्। यहाँ पढ्दा आफ्नो नाम नेपालीमै राख्छन्। उनीहरूका लागि हप्ताको दुई दिन मात्र कक्षा हुन्छ।

श्रीलंका टापु जोड्न सप्तकोशीमा ५ किलोमिटर लामो झोलुंगे पुल बनाइँदै

सुनसरीको बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ।

जाजरकोट भूकम्प: ११ हजार घर पुन:निर्माण

जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु

कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तराईमा बिहानैदेखि हुस्सु, पहाडी भूभागमा आंशिक बदली

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२६४ स्थानमा बस बिसौनी बनाउँदै काठमाडौँ महानगर

कुन रुटको बस कहाँ आइपुग्यो र यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्थासहित निर्माण गर्न लागिएको बस बिसौनीमा एक पटकमा तीन वटासम्म बस रोक्न मिल्ने काठमाडौँ महानगरको भनाइ छ।

‘घोल गाड्ने’ अपराधमा नेपालीः भारतमा ‘चौकीदार’को परिचय चोरमा बदलिँदै

पश्चिम नेपालको प्रमुख रोजगार गन्तव्य भारतमा नेपालीले सजिलै काम पाउने कारण उनीहरूले गरिदिने व्यक्तिगत सम्पत्तिको रखबारी पनि हो। केही नेपाली त्यहाँ चोरी–लुटपाटमा लागेकाले यो पहिचान नै संकटमा पर्दैछ।

भोजपुरका किसानले बेचे एक हजार ५०० मन चिराइतो

भोजपुरका टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाका १७ घरबाट मात्र एक करोड ६५ लाख रुपैयाँको चिराइतो उठाएको चिराइतो व्यवसायी संगम राईको भनाइ छ।

चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविद्को अनुरोध

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्ककता अपनाउन सबैमा अनुरोध गरे।

आरती साह मृत्यु घटनाः श्रीमान् मोतीबाबु पुनः पक्राउ

सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका श्रीमान् मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो।

बसको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

घटनापछि मृतकका आफन्तले बसमा आगजानी गर्दै बीपी राजमार्ग अवरुद्ध पारेका छन्। 

बदलिएका बाटाघाटामा नबदलिएको जीविका (तस्वीरहरू)

दूरदराजसम्म सडकको पहुँच पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ। पहिले पैदल हिँड्नुपर्ने गाउँठाउँमा पक्की सडक बनेसँगै आवतजावत गर्न साना सवारी प्रयोग हुन थालेका छन्।

जंगलमा घाँसदाउरा लिन गएका सासूबुहारी मृत भेटिए

शव परीक्षणपछि शरीरमा लागेको चोटलगायतका आधारमा बाघको आक्रमणबाट मृत्यु भएको अथवा अन्य कारणबाट भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ।

चेपाङ गाउँमा घरबास सञ्चालन

चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ: प्रधानमन्त्री

२१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा सिंगो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

तराईमा हल्का कुहिरो, पहाडी भेगको माैसममा आंशिक बदली

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तापक्रम भने घटिरहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन
माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

राजनीतिले देशलाई पीडा मात्रै दिएको पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी

राजनीतिले देशका विद्यमान समस्याहरूको निकास निकाल्न नसकेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको भनाइ छ।

काकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार ५१३ रूख काटिने

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासाथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको काकरभिट्टा–लौकही सडकखण्ड एशियन हाइवे मापदण्डको बन्नेछ।

मीन घलेको समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिको निष्कर्ष

समितिले मीनबहादुरले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ।