AnonymousUser

Logout

बालकुमारीमा ज्यान गुमाएकाका परिवारलाई सरकारले १०/१० लाख राहत उपलब्ध गराउने

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ।

अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा. संकेत रिसालले बताए।

ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन। २०७८ फागुनमा सक्नेगरी २०७७ मंसिरमा ठेक्का लागेको थियो। 

बालकुमारी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग

भिड नियन्त्रण गर्न पानीको फोहोरा, रबरको गोली, अश्रु ग्याँसको विकल्प हुँदाहुँदै गोली प्रहार गर्नु सरकारको दमनपूर्ण कार्य भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन्।

तराईमा बिहानैदेखि हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेछ। 

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

अदालतले सजाय भने तोकिसकेको छैन। कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण सोही इजलासमा हुने अर्को सुनुवाइबाट हुनेछ।

‘ईपीएस’ कार्यालयको खेलाँचीले निम्त्याएको बालकुमारी घटना

अदालतले गरेको अन्तरिम आदेशलाई ईपीएस कार्यालयले अपव्याख्या गरी रिट हालेकाहरूलाई मात्र फर्म भर्न दिने र अन्यलाई नदिने भनेपछि विद्यार्थी आन्दोलित भएका थिए। त्यही कारण बालकुमारीमा दुई युवकले ज्यान गुमाए। 

फागुन १ लाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

माओवादी नेतृत्वको गठबन्धन सरकारले गरेको फागुन १ गतेलाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ। 

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ । 

दूध किसानहरूको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ।

‘सीप बिल्डिङ’मा अनुत्तीर्ण भएका सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो।

बालकुमारी आन्दोलन अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाकाे मृत्यु, एकको उपचार हुँदै

मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउत रहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

बालकुमारीमा ईपीएस आन्दोलनकारीको प्रदर्शन, मन्त्री ज्वालाको गाडीमा आगजनी

प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

मैदानेका विद्यार्थीको पीडा: ३ घण्टा जंगलको बाटो छिचोलेर विद्यालय

रामेछापको लिखु तामाकोशी–२ मैदानेबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। गाउँबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ।

झापामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको छ। हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा उनलाई आक्रमण गरेको थियो । 

कस्तो रहनेछ शुक्रबारको मौसम?

तराई भूभागमा हल्कादेखि मध्यम हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

सर्लाहीमा मिटरब्याज पीडित र प्रहरीबीच झडप


मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीका सदस्यलाई पक्राउ गरेपछि प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ।

प्रधानमन्त्रीको एकवर्षे कार्यकालः १८० कार्यक्रममा उपस्थिति

सचिवालयले निमन्त्रणा तथा जानकारीका लागि एक वर्षमा पठाएका सूचनाहरूको अध्ययनबाट विद्यालयका वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रम, पुस्तक विमोचनजस्ता मसिना कार्यक्रम पनि प्रधानमन्त्रीले नछुटाएको देखिन्छ।

भत्कियो ढलान हुने अवस्थाको पुल, छानबिन गर्न स्थानीयको माग

पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।