AnonymousUser

Logout

सोमबार अधिकांश स्थानमा पानी पर्ने, बागमती, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

सोमबार दिउँसो बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।

भुटानी शरणार्थी प्रकरण : अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

अध्यागमनका महानिर्देशकको राजीनामा माग्दै प्रदर्शन

सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारी जान लागेका श्रमिकलाई फर्काइए भन्दै अध्यागमन कार्यालयअगाडि विरोध प्रदर्शन गरिएको छ।

विद्युतीय राहदानीका दुई वर्षः विदेशमा भएका नेपालीलाई नवीकरण गर्न मुस्किल

ई–पासपोर्टमा हुने बायोमेट्रिकका लागि राहदानी नवीकरण गर्न मेसिनसम्म भौतिक रूपमै उपस्थित हुनुपर्छ। यसले नेपालबाहिर रहेकालाई नवीकरणमा समस्या हुन थालेको दुई वर्ष भइसक्दा पनि समाधान निस्किएको छैन।

जनकपुर–जयनगर रेल आइतबारदेखि बिजलपुरासम्म सञ्चालन हुँदै

पहिलो चरणमा जनकपुरदेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएको थियो। अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा विस्तार भएको हो।

जिप दुर्घटनामा बालिकाको मृत्यु, ११ जना घाइते

कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ। 

बर्खामा ढुवानी गर्न घोडा–खच्चडकै भर

बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सवारीसाधन नचल्ने भएपछि व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्छन्।

कस्तो छ आइतबारको मौसम?

दिउँसो कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

सोमबारदेखि भारी वर्षाको सम्भावना

संघीय राजधानी काठमाडौँमा शनिबार राति हल्का वर्षाको सम्भावना छ भने आइतबार दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ।

चितवनबाट पहिलो पटक पशु आहार चीन निर्यात

नेपालबाट पहिलो पटक पशु आहार (हाइलेज) चीन निर्यात भएको छ। एक वर्षमा दुई सय करोड टन पशु आहार चीनको सिगात्से शहर पठाउने योजना छ।

सबैलाई साथमा लिएर हिँड्न कांग्रेस तयार छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै आदिवासी, जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए।

स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चार जना पक्राउ

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत फार्मेसी इन्चार्जको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

नक्सालस्थित बालगृह डुबानमा, अनाथ बालबालिकाको बिचल्ली  

विशाल ग्रुपले संगठनबाट लिजमा लिएको जग्गामा स्कुल सञ्चालन गर्न ठूल्ठूला भवन बनाएको छ। यी भवनका कारण पनि बालगृह डुबानमा परेको हो। 

लम्पी स्किनको प्रभाव: देशभर ५३ प्रतिशत मात्रै धान रोपाइँ

मधेश, कोशी र बागमतीमा वर्षा ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ। 

नवलपरासी र पाल्पामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) हरेकाले देशभर वर्षा भएको हो।  

सांसदसँग सामुदायिक संस्थाका प्रतिनिधिको गुनासो– कानून बने तर उपभोक्तामुखी भएनन्

समुदाय केन्द्रित विभिन्न संघसंस्थाका प्रतिनिधिले संघीय सांसदसँग तीन तहका सरकारका फरक नीति नियमका कारण काम गर्न गाह्रो भएको गुनासो गरेका छन्।

निर्माणाधीन घरको सिँढी भत्किँदा सिमेन्ट उद्योगका प्रतिनिधि १७ दिन थुनामा, प्रहरीको अनुसन्धान नसकिँदै मुद्दा मिलापत्र

ऐनले कमसल गुणस्तको सामान बेचेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकेको छ। तर, घरको लागत बेहोर्न सिमेन्ट उद्योग तयार भएपछि उद्योग वाणिज्य संघको रोहबरमा मुद्दा मिलापत्र भएको हो।

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

प्रसारण लाइनमा प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको ११० मेगावाट विद्युत् जोडिएको छ। २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ। 

बससँग ठोक्किएर सप्तकोसीमा ट्रक खस्यो, ३ जनाको उद्धार

मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीले जनाएको छ।