AnonymousUser

Logout

सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले लगायो कर्फ्यु

सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।

होटलको काममा भनी झुक्याएर रुसी सेनामा पठाउने २ जना पक्राउ

पीडितले रुसबाट फर्केर दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १ जनाको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा नगर अस्पताल हस्तान्तरणको विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

बाँदरको डरले हिउँदे बाली लगाउँदैनन् किसान

आलुको पकेट क्षेत्र मानिने पर्वतका जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायतका स्थानमा गरिएको आलुखेती बाँदरले सखाप पारेपछि किसान चिन्तित बनेका छन्।

वनमन्त्री भन्छन्– नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउने अवस्था छैन

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन्।

पाटनमा मेलम्चीको पानी वितरणको माग गर्दै रित्तो भाँडा देखाएर प्रदर्शन

काठमाडौँ उपत्यकामा छिटोभन्दा छिटो मेलम्चीको पानी विवरण गर्न माग गर्दै ललितपुरको पाटनमा उपभोक्ताले रित्ता भाँडा देखाएर प्रदर्शन गरेका छन्।

विद्युत् प्राधिकरणले पीपीए गर्न नआएका १५ प्रवर्द्धकलाई रोलक्रमबाट हटायो

विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ।

टुटलका संस्थापक भट्ट पक्राउ

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अपहरण गरेर बन्धक बनाई बालिकाको बलात्कार, प्रतिवादीले स्वीकारे कसुर

१५ वर्षीया बालिकालाई अपहरण गरेर होटलमा बन्धक बनाई बलात्कार गरेको अभियोगमा काठमाडौँमा व्यवसाय गर्दै आएका सुजन श्रेष्ठविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बिहीबारदेखि थुनछेक बहस जारी छ। 

हिउँदमा पनि छाडियो नारायणी लिफ्टको पानी, २ हजार हेक्टरमा सिँचाइ पुग्ने

नारायणी लिफ्टको पानी ‘बी’ क्यानलबाट एक दशकपछि हिउँदमा पनि छाडिएको छ। जसबाट लङ्कु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ।

चितवनमा फेरि ध्रुवे हात्तीको आतंक, एकैदिन ४ घर भत्कायो

बुधबार साँझ माडी क्षेत्रमा देखिएको ध्रुवे हात्ती बिहीबार वयरघारी गाउँ पुगेको थियो। सोही दिन उक्त गाउँका चार घर भत्काएको छ।

तराईमा हुस्सु, कोशी र गण्डकीको पहाडी भूभागमा हिमपातको सम्भावना

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा निगमका क्याप्टेनविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राट्बहादुर शाहविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

पेट्रोल पम्पको अवस्था अध्ययन गर्न काठमाडौँ महानगरले बनायो समिति

काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूको अवस्था अध्ययन गर्न सात सदस्यीय समिति बनाएको छ।

नेपालमा भारतीय दूतावासले २० करोडसम्मका परियोजना सिधै सञ्चालन गर्न पाउने

भारतीय दूतावासले नेपालको सरकारी बजेटभन्दा बाहिर रही २० करोडसम्मको अनुदान सिधै मुलुकभरि खर्च गर्न पाउने सम्झौताले नेपाली राजनीति प्रत्यक्ष प्रभावित हुने भन्दै विरोध भइरहँदा यसमा हस्ताक्षर भएको छ।

भारतसँग समस्याग्रस्त सम्झौता नगर्न नागरिक अगुवाको अपिल

भारतीय दूतावासले नेपालको सरकारी बजेटभन्दा बाहिर रही २० करोडसम्मको अनुदान सिधै मुलुकभरि खर्च गर्न पाउने सम्झौता गर्दा नेपाली राजनीतिलाई प्रत्यक्ष प्रभावित पार्ने अवस्था सिर्जना हुने उनीहरूले ठम्याइ छ।

स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित १ जना पक्राउ

सशस्त्र प्रहरीको टोलीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको छ।

जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

बुधबार बिहान जिल्ला अदालत काठमाडौँ परिसरबाट फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्का काठमाडौँ–३२ जडीबुटीबाट बिहीबार पक्राउ परेका छन्।

वीरगन्जबाट पोखरा गइरहेको बस दुर्घटना: ३२ यात्रु घाइते

वीरगन्जबाट पोखरा गइरहेको बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना भएको हो। 

सुर्खेतमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन

वीरेन्द्रनगरमा १४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिको ग्यास प्लान्ट स्थापना गरिएको छ। प्लान्टबाट दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ।