ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएकाका व्यक्तिका परिवार र सरकारबीच मृतकलाई शहीद घोषणाका लागि पहल, पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नेसहित चारबुँदे सहमति भएको छ।
प्रलोभनमा पारी युवतीहरूलाई नेपालबाट भारतको दिल्ली पुर्याएर यौन क्रियाकलापमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन्। प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ।
नेकपा एकीकृत समाजवादी, काठमाडौँ महानगर कमिटीले काठमाडौँ उपत्यकाको पानी अभावको समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।
उनले मन्त्री ज्वालाले आन्दोलनकारीहरूसँग सवालजवाफ गरेको र त्यसपछि धकेलाधकेल भएपछि प्रहरीले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए।
पुस १६ देखि १८ गतेसम्म आवेदन दिन मिल्ने ईपीएस शाखाले जनाएको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
बारेकोट गाउँपालिका–५ की रमिता सिंहले चिसोले टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनले बताइन्। त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको भनाइ।
परम्परागत रूपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका बेनीका स्थानीयले नगदेबालीको रूपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन्।
आयरल्यान्ड पुगेर युरोमा आम्दानी गर्ने सपना देखेर १४ लाख रुपैयाँ बुझाएका सुरेश र विकास अहिले निराश छन्। ठगिएको रकम फिर्ता लिने प्रयासमा उनीहरूले काठमाडौँ प्रहरी परिसरमा सञ्जीवविरुद्ध निवेदन दिएका छन्।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाइएको बताए।
सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
जाडो बढेसँगै जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन्।
काठमाडौँको टुँडिखेलसहित देशका विभिन्न ठाउँमा तमहरूले मौलिक भेषभुषामा सजिएर परम्परागत नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी ल्होसारको खुशियाली साटासाट गरेका छन्।
जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको छ।
हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली रहेको छ। साथै तराईका विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।
प्रधानमन्त्री दाहालले बालकुमारी घटनालाई सरकारले गम्भीर रूपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ।
बालकुमारी घटनामा २ जनाको ज्यान गएपछि गृहमन्त्रीस्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय र ललितपुर प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालय फर्काइएको गृह मन्त्रालयले जनाएको छ।