AnonymousUser

Logout

रसुवामा सुनसहित दुई व्यक्ति पक्राउ

दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमार्फत पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बन्दीको मृत्युपछि बाल सुधार गृहमा तोडफोड, छानबिन गर्न समिति गठन

सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका युवकको मृत्युपछि उनका आफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

काठमाडौँबाट केरुङ हुँदै सिमकोट पुर्‍याइँदै खाद्यान्न

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार साउनभरि हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएको छ।

प्रदीप गिरिको अस्तु विसर्जनको अन्तर्य

‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले सल्लाह र अनुमतिबिना चारदिने यात्रासहित काशीमा गिरिको अस्तु विसर्जन गर्ने कार्यक्रम बनाएकोमा उनका श्रीमती र छोरा–बुहारीले आपत्ति जनाएपछि विवाद छताछुल्ल भएको छ। 

कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँ फेला

बाढीले पुरिएको बैंककाे भवन खोतल्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकको डेढ कराेडभन्दा बढी रुपैयाँ फेला परेकाे छ।

काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन

काठमाडौँ महानगरले गैरकानूनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको प्रदर्शनकारीको आरोप छ।

सवारीचालक अनुमतिपत्र लिँदा गर्नुपर्ने स्वास्थ्य जाँचमाथि प्रश्नैप्रश्न, सम्बोधन कहिले?

यातायात कार्यालयहरूले सवारीचालक अनुमतिपत्र दिँदा गर्ने स्वास्थ्य जाँच विश्वसनीय नभएको सेवाग्राहीको गुनासो छ। कार्यालयको कामकारबाही र डाक्टरको परीक्षण शैलीबारे उठ्ने प्रश्नहरूको सम्बोधन हुन सकेको छैन।

काठमाडौँको ढुंगेधारामा बसले ठक्कर दिँदा २ जनाको मृत्यु, १ घाइते

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारतीको उपचारको मृत्यु भएको छ।

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण शुरू

बाढीले कागबेनीका २९  घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ। 

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको छ।

झापाकी कमला मुर्मु इराकमा ३ वर्षदेखि ‘बन्धक’, उद्धार गरिदिन आमाको आग्रह

कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास नभएको परिवारको गुनासो छ। दोहोरो सम्पर्क नभएकाले उनलाई इराकको कुन शहरमा बन्धक बनाइएको हो भन्ने पनि खुलेको छैन।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

कैदीबन्दी मृत्यु प्रकरण : ५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस, १२ जनामाथि अनुसन्धान हुँदै

कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

मनाङ र लमजुङ जोड्ने बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा

मनाङको नासों गाउँपालिका–१, तालडाँडाको पहिरो हटाएसँगै बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। 

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एसएसपी केसीसहितका प्रहरी अधिकारीको सरुवा तयारी

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसहित ६ एसएसपीको सरुवाको प्रस्ताव गरेको छ।

बाजुरामा हवाई उडान सुचारु, दैनिक २ भन्दा बढी उडान हुने

मौसम अनुकूल भए अब बिहान ६ देखि साँझ ६ बजेसम्म उडान सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपाल प्रहरीका एआईजीहरूको सरुवा: उपत्यकामा थापा, ज्ञवाली कार्य विभागमा

सीआईबी प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरि र अपराध अनुसन्धान विभागका टेक बहादुर तामाङलाई भने यथावत राखिएको छ।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, ३ को अवस्था गम्भीर

घाइतेमध्ये सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, ६ वर्षीय आशीष केसी र सल्यानको बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ। 

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा ७ जना पक्राउ

पक्राउ परेका सातैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

कस्तो छ शनिबारको मौसम?

गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।