देशका पहाडी जिल्लामा बालीनाली खाएर कृषकलाई हैरान पारिरहेको बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा घोषणा गरिए किसानलाई अल्पकालीन राहत मिल्ने सरोकारवालाहरू बताउँछन्।
नागरिक अभियन्ताहरूले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन्।
उनी सवार मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
सिन्धुपाल्चोकको दोरिङ भिरमा भएको दुर्घटनामा ४ भुटानी र १ नेपाली नागरिक घाइते भएका छन्।
उद्योग सञ्चालनका लागि सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न खोजिरहेको बताएकी छन्।
कृषि तथा पशुपंक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
अत्यधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको संक्रमण देखिन थालेको हो। लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मी बताउँछन्।
हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायत स्थानमा चिसोले दैनिकी कष्टकर बनेको छ। पाइपमै पानी जमेपछि सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्तिसमेत बन्द भएको नाम्चेका स्थानीय नुरु शेर्पाले बताए।
पहाडमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँको ठमेलस्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
गम्भीर अपराधबाहेकका घटनामा सत्य पत्ता लगाउन योगदान गरेको र कानूनले तोकेका शर्त पूरा गरेको व्यक्तिका हकमा क्षमादानबारे विचार गर्न सकिने पनि उनीहरूको धारणा रहेको छ।
सुरक्षित र सुविधासम्पन्न आवासको परिकल्पनासहित भक्तपुरको मध्यपुरथिमिमा सञ्चालित ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ २० वर्षदेखि अलपत्र परेको छ।
लामो समय जिल्ला न्यायाधीश रहेका मरासिनी पुस १८ मा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
जस्तोसुकै घटनामा ज्यान गुमाएकालाई पनि शहीद घोषणा गर्नुपर्ने माग जनस्तरबाट उठ्ने गरेको छ। त्यस्तो दबाब थेग्न नसकेर सरकारले धमाधम शहीद घोषणा गर्दै क्षतिपूर्तिबापत परिवारलाई १० लाख रुपैयाँ थमाइरहेको छ।
सातवटा ‘लिफ्टिङ स्टेसन’ र चार वितरण केन्द्र रहने आयोजनाले बढी सुक्खाग्रस्त क्षेत्रहरू, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ।
छानाको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ। वरिपरि बनमाराको घारी छ। वर्षामा दबदबे हिलो र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराउन बाध्य छन्, स्वास्थ्यकर्मी।
पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको जनस्तरबाट टिप्पणी हुने गरेको छ।