समितिले एनसेलको खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत र कम्पनी सञ्चालकको व्यावसायिक पृष्ठभूमिका विषयमा अदालतका आदेशसमेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको छ।
पहिले यो प्राचीन शहरको हरेक टोलमा हिटीबाट सफा पानी आउँथ्यो। अहिले त अधिकांश हिटीहरू आफैँ तिर्खाइरहेझैँ देखिन्छन्।
त्रिवेणीका ८७ वर्षीय भैरवप्रसाद शर्माका अनुसार पूर्व–पश्चिम राजमार्ग बन्यो, उता ट्रक बस चल्न थाले, यता कुनै बाटोले जोडिएन, डुंगाहरू चल्न छाडे, बिस्तारै यहाँको रमझम हराउँदै गयो।
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबीचमा रहेका साझा अधिकारका बारेमा छलफल नहुनु दुःखको कुरा भएको बताएकी छन्।
भारतबाट अवैधरूपमा कपडा, खाद्यान्न तथा हार्डवेयरका सामान ल्याउने गरेका छन्।
लुम्बिनी केबलकार प्रालिले निर्माणकालमा स्थानीयसँग भएका सम्झौता पालना नगरेको भन्दै बुटवल तथा पाल्पाका आयोजनाक्षेत्र आसपासका वासिन्दाले माग पूरा नभए केबलकार चल्न नदिने चेतावनी दिएका छन्।
सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा नि:शुल्क उपलब्ध गराएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो।
नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले परिभाषित रूपमा मात्रै एसिड प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ। १९ किमि टाढा रहेको चतारा जलयात्राबाट २० देखि २५ मिनेटमा पुग्न सकिन्छ।
कर्मचारी तथा सेवाग्राही आमाको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको तुलसीपुर– १३ वडाध्यक्ष मोहन पौडेलको भनाइ छ।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्ड कालोपत्रका लागि बजेट अभाव भएको छ।
तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। दिउँसो, कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए।
न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ।
नियमावलीअनुसार कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ।
प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि ‘माओवादी जनयुद्ध’ र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।
विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो।