समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरू बनाउन र कानूनहरू समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए।
अनुसन्धानका क्रममा काठमाडौँबाट बिहीबार राति दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
शुक्रबार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले दिउँसोसम्ममा यातायात सञ्चालन हुनसक्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ।
गण्डकी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले अहिलेको अवस्थामा डेंगी संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।
विनोद चौधरीका छोरा वरुणको निमन्त्रणामा ‘हनुमन्त कथा’ वाचनका लागि आउन लागेका धीरेन्द्रकृष्ण शास्त्री भारतमा धार्मिक तथा जातीय विद्वेष बढाउने अभिव्यक्ति दिएर विवादित बनेका 'बाबा' हुन्।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीको समेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए।
देवदह नगरपालिका–१२ ढोलबजवाका शिवबिन्दु भुज पिरवारले पसलबाट खरिद गर्न पाउँदैनन्। गाउँमा उर्दी जारी भएको छ– 'भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु।'
बुधबार साँझदेखि नै सडक अवरुद्ध भएको छ। वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ।
मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टीक ट्यांकमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
बस्तीमाथिको जमिन चिराचिरा परेर भासिन थालेपछि गाउँपालिकाले खानीगाउँवासीलाई अन्यत्र सर्न भनेको छ। यहाँका ३२ परिवारका १०५ जना प्रभावित भएका छन्।
गण्डकी, कोशी, बागमती र कर्णालीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
रौतहटको गौरमा २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले आक्रमण गर्दा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।
विमानस्थलको सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन गर्नुपर्ने भन्दै छिट्टै विज्ञ र सरोकारवाला निकायका प्रतिनिधि रहेको कार्यदल बनाइने प्रधानमन्त्री दाहालले बताएका छन्।
विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ।
मेलम्ची नदीबाट काठमाडौँ ल्याइएको खानेपानी एक महिनादेखि बन्द भएपछि बागमतीको पानी प्रशोधन गरेर वितरण भइरहेको छ। बागमतीबाट अहिले दैनिक पाँच करोड लिटर पानी प्रशोधन गरिन्छ।
कार्यविधिमा अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ।
घाइतेको उद्धार कार्य जारी रहेको र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको चितवन प्रहरीले जनाएको छ।
आइतबार राति आएको बाढीले दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो। विद्युत् सञ्चालनका मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए।
बर्खाको बेला हुम्लामा बिहान मौसम खराब हुने तथा प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामी र अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा छन्।