प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
२०७८ कात्तिक मसान्तसम्म सक्नुपर्नेमा तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ। सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको स्थानीयको भनाइ छ।
अपराध तथा ठगीमा संलग्न राजनीति पृष्ठभूमि भएका मानिस पक्राउ पर्दा दलहरूले, कर्मचारी पक्राउ पर्दा कर्मचारी संगठनले र उद्योग–व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले दबाब दिने गरेको गृहमन्त्रीको भनाइ छ।
हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्। बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन्।
दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ।
कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।
बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी चौधरी र बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा अस्पताल भर्ना भएका छन्।
यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यादलले एक वर्षपछि प्रतिवेदन बुझाएको छ।
चौधरी र थापालाई स्वास्थ्य कारण देखाउँदै हिरासतमा नराखी चिरायु अस्पतालमा भर्ना गरिने भएको छ।
विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साबिककै अवस्था कायम राख्ने उल्लेख छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा अपचलन प्रकरणमा सीआईबीको टोलीले आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा बिहीबार सडक खुलाउन नसकिने बताए। शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेको सीआईबी टोलीले सो कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीका लागि अमेरिकी तथा युरोपेली देशमा पठाइदिन्छु भन्दै ६०० भन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एजुकेसन कन्सल्टेन्सी सञ्चालक विकास वाइबा/तामाङलाई पक्राउ गरेको छ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो।
तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ। बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि यहाँ पुगिन्छ।
जुम्लामा बिहीबार बिहानैदेखि हिमपात भइरहेको छ। हिमपात भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ।
देशभर अत्यधिक चिसो रहेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाएको छ।
४२ मिटर लामो पुलको पुनर्निर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।