AnonymousUser

Logout

पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न एमाले सांसद घिमिरेको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्य विमला घिमिरेले विरोध प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याज पीडितलाई निःशर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

बाँसबारीको जग्गा फिर्ता ल्याउन सरकारले शुरू गरेको प्रक्रिया रोक्न चौधरी समूह सर्वोच्चमा

मालपोत कार्यालयले जग्गा फिर्ता ल्याउने प्रक्रियाअन्तर्गत २१ दिने पत्र काटेपछि सीजी चाँदबाग रेसिडेन्सी प्रालि त्यसलाई रोक्न माग गर्दै सर्वोच्च पुगेको हो। सर्वोच्चले तत्काल यसमा सुनुवाइ अघि बढाएको छ।

माइजोमाईमा हिमाल हर्दै रमाउने पर्यटकको चहलपहल

तुम्लिङसहित नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरी इलामको लेकाली क्षेत्र नेपाल भारत–सीमामा पर्ने पर्यटकीयस्थल हुन्। यहाँ नेपालसहित भारत, भुटान, बंगलादेशलगायत देशबाट पर्यटक आउने गरेका छन्। 

कोशी र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

सीजी चाँदबागले मालपोतमा बुझायो फाइल, अध्ययन गरेर प्रक्रिया अघि बढाइने

भूमिसुधार तथा मालपोत कार्यालयले २१ दिनभित्र उपस्थित हुन आग्रह गरेको अन्तिम दिन सीजी चाँदबाग रेसिडेन्सी प्रालीले आफूसँग भएका कागजात बुझाएको छ। 

टेरामक्स उपकरण खरिदमा भएको भ्रष्टाचार : को–को तानिएलान् अनुसन्धानमा?

हालसम्मको अनुसन्धानले खरिद प्रक्रियाको प्रारम्भदेखि एकपछि अर्को निर्णयमा तत्कालीन सञ्चारमन्त्री बस्नेतको सक्रियता देखाए पनि मुद्दा दायर हुँदासम्म के हुन्छ अहिल्यै भन्न नसकिने अख्तियारस्रोत बताउँछ।

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो।

समाचार चोरी गर्ने १८३ अनलाइन मिडियालाई प्रेस काउन्सिलले गर्‍यो कारबाही

अनुमति नलिई समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने) १८३ अनलाइन सञ्चार माध्यम तथा वेब-पोर्टललाई काउन्सिलले कारबाही गरेको छ।

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै विरोध प्रदर्शन (तस्वीरहरू)

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा प्लटिङ प्रकरणः अख्तियारले नगरपालिकालाई काट्यो पत्र

ललितपुरको गोदावरी नगरपालिकाले खोला पुरेर निजी जग्गा प्लटिङलाई सघाउन बाटो निकालेपछि चर्चामा आएको प्रकरणमाथि अख्तियारले चासो देखाउँदै नगरपालिकालाई पत्र काटेको छ।

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–७ मा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ।

कोशी प्रदेशमा बढ्यो गाँजा ओसारपसार, माघयता २ हजार किलो बरामद

पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

धरानमा विमानस्थल बनाउने मन्त्री किरातीकाे जोडबललाई प्राधिकरणकै ‘रेड सिग्नल’

राजनीतिक लाभ र लाेकरिझ्याइँका लागि पर्यटनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन जोडबल गरे पनि क्यानले नै त्यो सम्भव नभएको निष्कर्ष निकालेको छ।

रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीको शव ल्याउन र क्षतिपूर्ति दिलाउन सरकार गम्भीर छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा सरकार गम्भीर रहको बताएका छन्।

घाँस–दानको भाउ बढ्दै जाँदा घट्यो दूधको मूल्य, चिन्तामा रामेछापका गाईपालक किसान

घाँस र दानको मूल्य बढ्दै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको मन्थलीकी गाई फार्म सञ्चालिका जानुका खड्का बताउँछिन्।

भजन शिरोमणि आचार्यको आर्यघाटमा अन्त्येष्टि

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

टेरामक्स खरिद प्रकरणमा बयान सकियो, केही समयभित्रै नतिजा आउँछ : अख्तियार प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही समयभित्रै नतिजा आउने बताएका छन्।

दिवंगत संगीतकार आचार्यको उपचारमा लागेको खर्च बेहोर्न सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दिवंगत भक्तराज आचार्यले गीत, संगीतका क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहिरहने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।

एक गाग्री पानी ल्याउन डेढ घण्टा

खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थीसमेत समस्यामा परेका छन्। पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ।