मेयर चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त आकाशेपुल निमार्ण कार्यको सोमबार शिलान्यास गरेका छन्।
काठमाडौँ– ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल निर्माण हुने भएको छ। महानगरका मेयर चिरिबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपांगमैत्री आकाशेपुल निमार्ण कार्यको सोमबार शिलान्यास गरेका छन्।
सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो। आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताए।
महर्जनले भने, "यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकाशेपुल बनाउने निधो गरेका हौँ।"
महानगरमा रहेको अन्य आकाशे पुल सद्दे व्यक्तिका लागि असहज भएको उल्लेख गर्दै लिफ्टसहितको नयाँ पुल निर्माण गर्दा सबैलाई सहज हुने उनको भनाई छ। "शारिरिक रूपमा अशत्त बालबालिका,ज्येष्ठ नागरिकलगायत सम्पूर्णलाई यो पुल सहज हुनेछ," उनले भने।
संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समय (१२ महिना) भित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिए।
उनले पुल निर्माणमा काम गर्ने कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम लगाउनुपर्नेमा जोड दिँदै पुल निर्माणको कार्य समयमै सक्नुपर्ने र गुणस्तरीय हुनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
