बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

काठमाडौँ– बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ४:५७ बजे बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। 

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।