काठमाडौँको टोखा बस्दै आएको २८ वर्षीय दादीकी शेर्पा राईले ‘फिफिया’ एप्समा फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी छन्। झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।
बिहीबार गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको थियो। झडपमा आधा दर्जन घाइते भएका छन्।
गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार बिहान पुन: वार्ता हुने भएको छ।
आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकका प्रतिनिधि र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ।
आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षाप्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाइ छ।
सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन थालेपछि त्यसमा सहभागी हुन आएका शिक्षकलाई उकालोकर्मीको प्रश्न– यो आन्दोलनको औचित्य के हो?
युरोपेली देशलगायत अमेरिका, जापानकाे प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने 'विस एचआर सोलुसन प्राली'को इजाजतपत्र रद्द गर्दै कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेकाे हाे।
हत्या अभियोगमा अदालतले ढकाललाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो। सरकारले सजाय माफी मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिले सदर गरेसँगै उनी अबिर जात्रासहित कारागारबाट निस्किए।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले गर्ने काम कारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालको चीन भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालगायत रहनेछन्।
राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएका सुरक्षा अधिकृत, सवारीचालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।
राति, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवाप्रवाह शुभारम्भ भएको खुसीको उपलक्ष्यमा र ३ दिनदेखि व्यवस्थापन कार्यमा खटिदा कर्मचारी थाकेको भन्दै बिदा दिने निर्णय गरेको हो।
सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले देशको संघीय राजधानी काठमाडौँमा संविधान जलाएर विरोध गरेका हुन्।
लोकतन्त्र प्राप्तिको आन्दोलन र संविधान निर्माणमा उत्साहपूर्वक सहभागी भएका दलित समुदाय भनिरहेछन्– ‘हाम्रो न्याय र प्रतिनिधित्वमा निष्प्रभावी भएको संविधान सुधार्ने बेला भयो।
काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा शुरू भएपछि यात्रु उत्साहित छन् नै तर, यस्तो सेवा सधैँभरि पाइन्छ कि पाइँदैन भन्नेमा उनीहरू चिन्तित छन्।
वीरगन्ज र रक्सौलबीचको सीमा दशगजामा पर्ने मितेरी पुलमै एसएसबीले सुरक्षा जाँच थालेपछि बुधबार दिउँसो नेपालका स्थानीयले प्रतिवाद गरेका छन्। प्रतिवादपछि एसएसबी १० मिटर पछि सरेको छ।
आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा बालबालिकाकाे पठनपाठनमा असर पुग्नेगरी विद्यालय नै बन्द गर्नु युक्तिसंगत नभएकाे महानगरले जनाएकाे छ।