राजनीतिक दलहरूले चितवनमा एक छात्रा मृत भेटिएको घटनाबारे गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।
दुर्घटनामा १३ जना घाइते भएका छन्। त्यसमध्ये आठ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
राति देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
विभिन्न जिल्लामा शृंखलाबद्ध रूपमा चोरी गरेको आरोपमा एक युवालाई प्रहरीले पर्वतबाट पक्राउ गरेको छ।
बाँसबारीको सरकारी जग्गा हिनामिनामा सीआईबीले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी तथा सदस्यहरू वसन्त चौधरी, गंगादेवी चौधरी र महेशकुमार अग्रवाललाई अनुसन्धानको दायरामा तान्दै बयान लिने तयारी गरेको छ।
एघारौँ शताब्दीको ‘शिवधर्मशाश्त्रम्’ गाताचित्र र बाह्रौँ शताब्दीको इटुम्बहाको कलात्मक टुँडाल (सालभन्जिका याक्षी) घरफिर्ता भएका हुन्।
आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको भन्दै निर्वाध रूपमा व्यवसाय संचालन गर्न दिन उनीहरूले माग गरेका छन्।
पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२– ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।
कार्यक्रममा इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
स्वर्गद्वारी गुठीपीडित किसान घोराहीमा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको छ।
आर्थिक पत्रकारको छाता संगठन सेजनले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बीमा गरेको छ।
कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्य बताउँछन्।
काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख काट्न थालिएको छ।
राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाए विकास निर्माणका नयाँ योजना ल्याउन नसकिने बताएका छन्।
नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने परराष्ट्रमन्त्री साउदको भनाइ छ।
वैदेशिक रोजगारीको लागि कुवेत भनेर श्रीलंकाको कोलम्बो पुर्याई मानव बेचबिखनमा संलग्न एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।