डलर देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका रामबहादुर तामाङले प्रहरीलाई यस्तो काम १० वर्षदेखि गर्दै आए पनि पक्राउ पर्नबाट जोगिएको बयान दिएका छन्।
ट्रकको ठक्करबाट सुनसरीको इटहरीमा एक जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गर्दै मिटरब्याज पीडितलाई वार्तामा आउन आह्वान गरेको छ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मार्चपास गरेका छन्।
आफ्नो क्षेत्रमा विकास भएको देखाउन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसमेत नहुँदै नेताहरूको दबाबमा रूख काट्ने निर्णय गर्न हतार गरिँदा वन क्षेत्र मासिने जोखिम बढिरहेको छ।
शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ।
अनलाइन प्रणालीले मुस्ताङ र डोल्पाको माथिल्लो भाग, गोरखाका चुम र नुव्री भ्याली, हुम्लाको सिमिकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजंघा जाने पर्यटकलाई सहज भएको छ।
तुइन खोलामा पुल बनाउनका लागि गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा सडक बन्द गरेर पहाड काटिएको थियो। पहाड काट्ने काम सकिएकाले अब सडक दिउँसो पनि खुला हुने भएको छ।
दिउँसो, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
स्थानीयले नजिकैको झोलुंगे पुल समयअगावै बनेको र अर्को पुल १२ वर्षमा पनि नबनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ३ वर्षभित्र सक्ने गरी २०६८ मा सम्झौता भएको कमला नदीमाथिको पुल अझै बनेको छैन।
कामको भुक्तानी नगरेर निर्माण कम्पनीले आफूलाई पीडा दिएको मजदुरहरूले गुनासो गरेका छन्।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्।
सडक अवरुद्ध भएपछि बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
पहिचान भएका एक हजार ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी स्थानको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
काठमाडौँ– काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ। काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखिक सूचन…
बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको सुपरभाइजर जग्गी विकले जानकारी दिए।
अख्तियारले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कतिपय ठाउँमा बालीनाली नै लगाउन पाइएको छैन भने कतिपय ठाउँमा लगाएको बालीनाली राम्रो नहुँदा कृषक चिन्तित बनेका छन्।