अख्तियारले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हवल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हवल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ।
व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो।
महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मञ्जितकुमार झाले २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो।
गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
