AnonymousUser

Logout

तारजाली नै तोडेर बँदेलले बाली सखाप, किसानले बाँझो छाड्न थाले खेतबारी (भिडियोसहित)

काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।

झोलुंगे पुलका सामान चोरी, सरोकारवाला बेखबर

पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्।

विद्युत् आयोजनाको लापरबाही: भुइँमा लत्रिएको तारबाट करेन्ट लागेर १ जनाको मृत्यु

निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैँडा

यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्।

कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भूकम्प प्रभावितका लागि ईयूले २८ करोड ८० लाख सहयोग गर्ने

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको ईयूले जनाएको छ।

आगलागीमा परी घाइते भएकाको उपचारमा सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले आवश्यकताअनुसार उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याई

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए।

पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्दा काठमाडौँको ठमेलमा अझै प्रतिबन्ध

दरबारमार्ग र ठमेलको रात्रिकालीन व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले समयसीमा तोकेर रोक लगाएको हो। तोकिएको समयपछि व्यवसाय खोलेमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।

दार्चुलामा गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना

दार्चुलामा जिप दुर्घटना हुँदा नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीसहित दुई जना घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ।

काठमाडौँका २१ स्थानमा बनाइँदै छठ पूजास्थल

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौँका कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानमा पूजास्थल बनाइँदै छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले कस्ता अजेन्डा उठाउँदै छ?

वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले औपचारिक कार्यक्रमबाहेकका एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरबारे नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए।

प्रभावहीन द्रुत बस सेवा, उत्साहित यात्रु बने निराश 

सरकारले सरोकारवालासँग समन्वय नगरी हतारमा सस्तो लोकप्रियताका लागि मात्रै शुरू गरिएकाले यो सेवा भद्रगोल भएको यात्रुको गुनासो छ। २५ वटाबाट शुभारम्भ गरिएको सेवामा आबद्ध बसको संख्या घटेर १२ मा झरेको छ।

अछाममा ट्याम्पो दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

कमल बजारबाट दैलेखतर्फ जाँदै गरेको ट्याम्पो बुधबार राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। 

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालगन्जमा मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

बाँकेको नेपालगन्जमा बुधबार मुस्लिम समुदायका अगुवाले आफूले मानेका दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन्।

अञ्जली दिदीको हातबाट २ सय बढीले लगाए भाइटीका

दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको अञ्जली दिदी (मास्के)को भनाइ छ।

जनकपुरधाममा थालियो छठको तयारी

यस वर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिइने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक शुरू हुने गर्छ।

मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै

 गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार पूजा गर्ने गरिन्छ।

भूकम्पप्रभावितलाई तिहारको भन्दा चिसोबाट कसरी जोगिने भन्ने चिन्ता

भूकम्प प्रभावितलाई तिहारको भन्दा पनि अहिले रातको समयमा पर्ने शीत र बढ्दै गरेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको छ।