AnonymousUser

Logout

छुट्टाछुट्टै घटनामा सर्लाहीमा २ जनाको मृत्यु

सर्लाहीको सदरमुकाम मलंगवामा र ब्रह्मपुरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम? 

शहरी भेगमा ६ लेन र जंगल क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर अघि बढाइएको थियो। ठेक्का लागेको ६ वर्षमा पनि प्रगति भने निराशाजनक छ। 

बागलुङ–म्याग्दी सडक कालोपत्रका लागि २८ करोडको ठेक्का

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो कालोपत्र गर्ने लक्ष्य छ। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ। 

सरकारले माग पूरा नगरेको सिरहाका मिटरब्याज पीडितको गुनासो, आन्दोलनमा उत्रिने चेतावनी 

सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। 

बागलुङमा आगो निभाउने क्रममा जलेर १ जनाको मृत्यु, २ घाइते

रानीवन सामुदायिक वनमा लागेको आगो निभाउन वनमा पुगेका देवसिंह कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको प्रहरीको भनाइ छ।

बागमती पुल जीर्ण, दुर्घटनाको जोखिम बढ्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ।

किसान भन्छन्– आगोले गहुँबाली खायो, अब हामीले के खाने!

बाली भित्र्याउने समयमा विपत्ति आइपरेपछि पीडामा रहेका किसान क्षतिको मूल्यांकन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्।

क्यानडा भनी दुबई पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा १ जना पक्राउ

हवारीले पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रुपैयाँ रकमसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

मानव बेचबिखन मुद्दाका दोषी २६ वर्षपछि पक्राउ

उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

सडक निर्माणका क्रममा भ्रष्टाचार, एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कर्णालीमा आगलागीबाट ४ वर्षमा ५५ जनाले गुमाए ज्यान

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चार वर्षको अवधिमा आगलागीबाट ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ।

सालझण्डी–ढोरपाटन सडकमा ठेकेदारको लापरबाही: म्याद सकियो, काम भने ३० प्रतिशत मात्रै

सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा हुन सकेको छैन।

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

रौतहट बमकाण्डः न्याय मर्न नदिन परिवारको त्यो संघर्ष, प्रहरीको चुस्त अनुसन्धान 

१६ वर्षसम्म अविचलित लडेका पीडित परिवारसँगै प्रहरीको चुस्त अनुसन्धान रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय दिलाउने प्रमुख आधार बन्यो।

मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा

हावाको बहावसँगै तीव्र गतिमा बस्ती पसेको आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले ६ घण्टासम्म संघर्ष गर्नुपरेको थियो।

न्यून गुणस्तरको चाउचाउ बेचेको भन्दै सीजी फुडलाई काठमाडौँ महानगरले तिरायो २ लाख जरिबाना

सीजी फुडद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरको भेटिएको भन्दै काठमाडौँ महानगरको कृषि तथा पशुपक्षी विभागले दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरसहित ७ जनालाई थुनामै राख्न आदेश, आङ्टावासँग ३० लाख धरौटी माग

सर्वोच्चले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न, एक जनालाई साधारण तारेख र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

उपनिर्वाचन : इलाममा ३७ केन्द्र र बझाङमा ३२ अतिसंवेदनशील, २ हजार ३८७ प्रहरी परिचालन

प्रहरीले उपनिर्वाचनका लागि इलाम र बझाङमा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको छ।

सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनाविरुद्ध मुद्दा

कालीकोटको महावै गाउँपालिकास्थित सिमखेत–ओदा सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

‘लु’ले नेपालगन्जको जनजीवन प्रभावित

तातो हावा चल्दा दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए।