स्विमिङका लागि होटल पुगेका सजिलमान शाक्यलाई करेन्ट लागेपछि नौ महिनादेखि अचेत छन्। स्विमिङ पुलमै डुबेर ज्यान जाने घटनासमेत भएका छन्। पानी फोहोर भएको गुनासो त सामान्य जस्तै छ।
कसैले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको हो।
नेपालमा श्रमिक एकजुट भएर अधिकारको लागि आवाज उठाएको पहिलो आन्दोलनका रूपमा २००७ सालको विराटनगर जुटमिलको मजदुर आन्दोलनलाई लिइन्छ।
महानगरपालिकाले २ हजार ८१ जना सहभागी हुनेगरी सीप मेलाको आयोजना गरेको छ। सिसडोल, बन्चरेडाँडावासी र फुटपाथ व्यवसायी प्राथमिकतामा छन्।
सरकारले श्रमिकका लागि न्यूनतम तलब मासिक १७ हजार ३०० रुपैयाँ तोकेको छ। महँगीको तुलनामा न्यून रहेको यही तलब पनि निजी क्षेत्रमा काम गर्ने अधिकांश मजदुरले पाएका छैनन्। सरकारले बाध्य पार्न सकेको पनि छैन।
४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले पाँच वर्ष बितिसक्दा ५० प्रतिशत काम मात्रै पूरा गरेको छ।
आगो निभाउन गएका शंकर र रमेश पहरी गम्भीर घाइते भएका थिए। शंकरको मंगलबार तथा रमेशको बुधबार बिहान बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
सामुदायिक वनको आगो बस्तीमा पस्दा १५ घर, १० गोठ र आठवटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।
पशुपतिको मन्दिरमा जलहरी राख्दा सुन हिनामिना प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।
नेपाल बाल संगठनको नक्सालस्थित ५१ रोपनी जग्गा बैंकमा रोक्का रहेको मालपोतको एउटा पत्र पछ्याउँदा सरकारी निकाय कसरी चल्दारहेछन् भन्ने स्पष्ट तस्वीर सामुन्ने आयो।
सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गोदावरीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका हुन्।
‘ब्रेकफेल’ भएपछि बीच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारका लागि स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनी ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ।
गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीमा जलेका छन्। जसबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोप फिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण शुरू हुनेछ छ।
सर्वोच्च अदालतले अनलाइनमा प्रशारित सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिनुअघि नै ‘सिधाकुरा डटकम’ले विवादमा परेका सम्पूर्ण सामग्री हटाइसकेको छ।