AnonymousUser

Logout

छठपर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्वीरहरू)

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म भनाइने छठपर्व पहिलो दिन साँझ सूर्यलाई अर्घ्य अर्पण गरी पुनः भोलिपल्ट बिहान अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको मानिन्छ।

रूकुमपूर्व केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

रूकुमपूर्व केन्द्रबिन्दु भएर आइतबार दिउँसो ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

आफैँलाई असुरक्षित बनाउँदै बीच सडकबाट बाटो काटिरहेका पैदलयात्रु

जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्ने भए पनि कसैले हतार भएर त कसैले थाहा नपाएर नै 'जेब्राक्रस'को प्रयोग नगरेको पैदल यात्रुहरू बताउँछन्। 

वीरगन्जको घडिअर्वामा छठको रौनक (तस्वीरहरू)

सूर्यको उपासना, आराधना गरी छठपर्व मनाइँदै छ। वीरगन्जस्थित घडिअर्वा पोखरीमा पनि छठपूजाका लागि व्रतालुहरूको भीड लागेको छ।

जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मंसिर १ सम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।

कस्तो रहनेछ आइतबारको मौसम?

सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

नेपाल बिस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्यो : शेखर कोइराला

कांग्रेस नेता शेखर कोइराला जनतामा चरम निराशा देखिएको र त्यही निराशाको परिणामस्वरूप युवाहरू विदेश पलायन भइरहेको बताउँछन्।

जाजरकोटमा चिसोले थप तीन जनाको मृत्यु

भूकम्प प्रभावित क्षेत्रमा त्रिपालमुनिको बसाइँका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई बैतडी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

जाजरकोट भूकम्प : त्रिपालमा आश्रित प्रभावितमा देखिँदै स्वास्थ्य समस्या

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको र पोसिलो खानेकुराको पनि कमी रहेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन्।

छठपूजाका लागि वीरगन्जको घडीअर्वा पोखरीमा छठघाट तयार

पर्साको वीरगन्ज महानगरपालिका– १० स्थित घडीअर्वा पोखरीमा छठपूजाका लागि छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।

विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री: रिहाइका लागि पहल गरिदिन आग्रह

गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो।

धनगढीस्थित खाद्य संस्थानको भवनमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

धनगढीको मुख्य बजारमा भवनमा आगलागी हुँदा सारथि अस्पतालसहित ८ वटा पसलमामा क्षति पुगेको धनगढीका नगर प्रहरी निरीक्षक भूपेन्द्र खड्काले जानकारी दिए। 

कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भानुभक्तको जन्मघर जलेको २० वर्ष बित्यो, अझै भएन पुनर्निर्माण

राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष बिते पनि अझै पुनर्निर्माण हुन सकेको छैन। घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्य बताउँछन्।

जाजरकोट भूकम्प: ३५ स्वास्थ्य संस्था, २०८ विद्यालयमा क्षति

स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ।दशैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ।

कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान

कालापत्थरमा पाँच हजार ३१७ मिटर उचाइबाट स्काई डाइभ गरेर महाजनले महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराएकी छन्।

टिकटक बन्द गर्ने निर्णयविरुद्ध १० रिट, सोमबारलाई तोकियो पेसी

नेपालमा टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च प्रशासनले रिटको सुनुवाइ मंसिर ४ गतेलाई तोकेको छ।

भूकम्प प्रभावित क्षेत्रमा चिसोले दुई जनाको मृत्यु

जाजरकोटमा त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रजिअ सुरेश सुनारले बताए।

उर्लाबारी आगलागीका ६ घाइतेको अवस्था गम्भीर, थप उपचारका लागि अमेरिकाबाट चिकित्सक बोलाइँदै

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर उपचार गराउने प्रक्रिया शुरू गरिएको बताए।