चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।
तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रमुख यादवले नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नं ७ को हरिहरपुर, दुर्गाटोल र वडा नं ८ को दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए।
भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलनबस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।
विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह हुँदा घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको छ।
लुम्बिनी , मधेश र कोशी प्रदेशमा हावाहुरीको सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।
विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय र २५ करोड जरिबाना गरेको छ।
प्रहरीले सुनमाया किसान (सार्की) हत्याका अभियुक्तलाई ९ वर्षपछि पक्राउ गरेको छ।
दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्।
श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा हो।
काठमाडौँ महानगरपालिका–३१ शंखमूल दोभानपुलमा आइतबार भएको आगलागी नियन्त्रणमा आएको छ।
घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेल खोलानाला सुकेर पानी ट्यांकीमा जम्मा हुन नसकेका कारण वितरण गर्न नसकिएको बताउँछन्।
तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको लगानी बोर्डले जनाएको छ।
शनिबार आएको हुरी बतासले बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएको वडा सदस्य चदाराले बताए।
काठमाडौँका मुख्य सडकमा सवारी विपरीत लेनतर्फ जान बनाइएका ‘युटर्न’ प्रायः जेब्राक्रससँगै हुने गरेका छन्। कतिपय ठाउँमा सवारीचालकले लापरबाहीपूर्वक जेब्राक्रसबाटै सवारी मोड्ने गरेको देखिन्छ।
सहकारीका बचतकर्ता पीडितहरूले कानून विपरीत सहकारीबाट ऋण लिएर सञ्चालित कम्पनीका सञ्चालक, प्रबन्ध निर्देशक, महाप्रबन्ध निर्देशक पदमा रही काम गरेका व्यक्तिलाई पनि कारबाही गर्न माग गरेका छन्।
कास्की, तनहुँ, म्याग्दीलगायत जिल्लाबाट निर्माण सामग्री ढुवानी गरेर पर्वतका योजनामा प्रयोग गर्ने गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।