AnonymousUser

Logout

बालमन्दिर जग्गा हिनामिना प्रकरणः बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा जोडिएका संगठनका पूर्वपदाधिकारीदेखि व्यापारिक घरानाका सदस्यसमेत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

दरवाङको सडक १८ वर्षपछि कालोपत्र

करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीय हीराबहादुर पुनले बताए।

फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो

ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइएको छ। यसबारे केही दिनअघि 'नेपाल फोटो लाइब्रेरी'ले फोटो फिचर गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : यात्रुले किन खेप्दैछन् लगातारको हैरानी?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चाप बढ्दा उडान र अवतरणको समयमा ढिलाइ भएर यात्रुले हैरानी खेपिरहेका छन्। लगातारको यस्तो उपक्रमले विमान कम्पनीको खर्चसमेत बढाएको छ।

वर्षापछि वायु प्रदूषण घट्दै

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२औँ स्थानमा उक्लिएको छ।

मुस्ताङको चराङ–छोसेर सडक आयोजना अलपत्र

पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ।

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

यस अवधिमा आगलागीबाट १८, डढेलोले ६ तथा  चट्याङ लागेर तीन जनाले ज्यान गुमाएको तथा ९० जना घाइते भएको प्राधिकरणले जनाएको छ।

पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना

विशेष अदालतले नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई नौ वर्ष कैद र २३ करोड २७ लाख रुपैयाँ जरिबाना हुने गरी सजाय निर्धारण गरेको छ।

सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति

पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ जनाले अनुमति लिएका हुन्।

पशुपतिमा विद्युतीय शवदाह निःशुल्क गर्ने तयारी, वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा

दाउराबाट जलाउँदा वातावरणमा पर्ने असर न्यूनीकरणका साथै विद्युतीय शवदाहगृहबाट शव जलाउने कार्यलाई प्रोत्साहन गर्न निःशुल्क सेवा दिने तयारी गरिएको कोषले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार बाघ र गैँडा मृत फेला परेका छन्।

मध्यभोटेकोशी आयोजनाको काम १० महिनादेखि ठप्प

विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने काम अन्तिम चरणमा पुगेका बेला जग्गाधनीबाट विभिन्न माग राखी तार तान्न अवरोध भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी बताउँछन्। 

रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानको आन्दोलन स्थगित हुने

अभियानका सदस्यसँगको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि उच्चस्तरको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

खोटाङमा शिक्षकले रकम उठाएर गरे अग्निपीडितलाई सहयोग

जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर विस्थापित भएका सात परिवारलाई १५२ शिक्षकसहित १६७ जनाबाट चन्दा संकलन गरेर एक लाख ७६ हजार प्रदान गरिएको छ।

अछाममा चट्याङ लागेर बालकको मृत्यु, डडेलधुरामा ३ घाइते

सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटियाका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु मृत्यु भएको छ।

खर जोगाउन गोज्दा जलेर आमाछोराको मृत्यु

आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ।

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

सम्झौताहरूको कार्यान्वयनमा जोड दिन एवं आमरण अनशनमा बसेका दीपक भण्डारीलगायतका व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई आयोगले आग्रह गरिएको छ।

नाकाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखिको तलब

सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलामा गरी चार स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। हेल्थ डेस्क स्थानीय तहहरूले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्छ।

जनकपुरधाममा हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटियो ८० लाख

सोमबार दिउँसो तीन जनाले पेस्तोल देखाएर धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन्।

गण्डक जलविद्युत् केन्द्रको उत्पादन २ महिनादेखि ठप्प, दैनिक ८ लाख घाटा

भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले गण्डक जलविद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै पानी नपठाउँदा विद्युत् उत्पादन बन्द भएको छ।