AnonymousUser

Logout

४ जिल्लामा देखियो हैजा, सबैभन्दा धेरै संक्रमित ललितपुरमा 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली र प्युठानका ३० जनामा हैजा पुष्टि भएको छ।

मौसमजन्य विपद्मा परी मंगलबार ११ जनाको मृत्यु, ४ बेपत्ता

मनसुनजन्य विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।

भारी वर्षाको सम्भावना रहेका ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह

प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको छ।

बागलुङमा पहिरोमा परेर ७ जनाको मृत्यु, ४ को उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार भएको छ।

जलमग्न टेकु क्षेत्र (तस्वीरहरू)

मंगलबार बिहानैदेखिको वर्षाका कारण काठमाडौँका टेकुलगायतका स्थान जलमग्न भएका छन् भने जनजीवन प्रभावित भएको छ।

गुल्मीमा पहिरोमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिकाको बिसौनाका स्थानीय विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो।

काभ्रेमा खोलाले बगाएर १ जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध 

वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

बागलुङमा पहिरो: ४ घर पुरिए, १ जनाको मृत्यु

बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य साना खोलामा जलसतह सतर्कता तहभन्दा माथि र केहीमा खतरासम्म पुगेको छ।

पुल नबन्दा सास्ती: तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्छन्।

पहिरोको जोखिममा राम्चेगाउँवासी, स्थानान्तरणको योजना अलपत्र

पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्। तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्।

सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

सांसदले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

लेबनानमा नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।

काभा भलिबलमा नेपालसँग मल्दिभ्स पराजित

काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपालले इरानसँग खेल्नेछ।

पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुकाको चिलैया र गरैया क्षेत्रका किसानले लगाएको धानबाली पानी नपरेपछि सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशी बताउँछन्।

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

भैरहवामा चन्दा उठाएर बनाइएको विशाल सभागृह गोदामघरमा परिणत 

सञ्चालनका नाममा निजी क्षेत्रलाई भाडामा दिइएपछि जनस्तरबाट सहयोग जुटाएर बनाइएको भैरहवाको महेन्द्र सभागृह खण्डहर बनेको छ। भाडामा लिएको निजी कम्पनीले सभागृहलाई गोदामघर बनाएको छ। 

मान्छेलाई आक्रमण गर्ने  बाघ नियन्त्रणमा

नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ।

यस्तो रहनेछ सोमबारको माैसम

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँको कालोपुलबाट हत्याको अभियोगमा २ जना पक्राउ

प्रहरीले काठमाडौँ महानगरपालिका–७ कालोपुलबाट श्रीमान‍्को हत्या अभियोगमा श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ।