AnonymousUser

Logout

करवृद्धिको विरोधमा व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरअगाडि धर्ना

करवृद्धिको विरोधमा व्यवसायीले सटरको साँचोसमेत उपमहानगर प्रमुख र उपप्रमुखलाई बुझाएका छन्।

नवलपरासीमा १५ करोडमा निर्मित अस्पताल भवन उपयोगविहीन

आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।

पहिरोले भेरी करिडोर अवरुद्ध

पहिरोले विद्युत्‌का पोल बगाउँदा विद्युत् सेवा पनि  बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए। 

टाँगामा भारत तस्करी गर्न लागिएको १७ लाखको ‘भेप’ बरामद

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन भेप बरामद गरेको थियो। 

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

‘स्पिड चेकिङ’का क्रममा दुर्घटना, ट्रक चालक पक्राउ

भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

एमपक्सको प्रकोपलाई स्वास्थ्य आपत्काल घोषणा

डब्लूएचओले एमपक्सको बढ्दो संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि भएसँगै स्वास्थ्य आपत्कालको घोषणा गरेको छ।

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १७५ पुग्यो, ४९ जना बेपत्ता

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परी १७५ जनाको मृत्यु र ४९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

यातायातका कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निजी वनको अनुमति लिएर सामुदायिकका रूख काटेको आरोपमा ६ जना पक्राउ

निजी वनका रूख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएका खयरका रूख कटान गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।

संसदीय सुनुवाइ समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि गठ्ठाघरमा तनाव

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि स्थानीय आन्दोलित बनेका छन्।

नेप्से परिसूचक ३ हजारको विन्दुमा, कारोबार रकममा कीर्तिमान

बिहीबार तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको छ।

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता


माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। मौसमी परिवर्तनले कंक्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्।

राष्ट्रियसभामा अब नियमित शून्य समय चलाइने

बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायतका समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

ढुंगाखानीले गाउँ नै पहिरोको जोखिममा, स्थानीयको गुहार सुन्दैन सरकार

ललितपुरको गोदावरी–७ देवीचउरमा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सञ्चालित ढुंगाखानीका कारण बस्ती नै पहिरोको जोखिममा परेपछि स्थानीयले विभिन्न निकाय गुहारे पनि कारबाही भएको छैन।

कुवापानी पहिरोले पुरियो पर्वतको आदिबराह ताल

जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पुरिएको हो। पहिरोले एउटा घर पनि जोखिममा परेको छ।

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका स्थानीय पनि प्रभावित भएको टेम्केमैयुङ–९ पाँचधारेका स्थानीय मानबहादुर सुनारले बताए।

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

मस्तिष्कको क्यान्सरबाट पीडित रेग्मीको ६१ वर्षको उमेरमा बुधबार राति ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

ताप्लेजुङको फक्ताङलुङमा पहिरो: २ घर र पुल बगे, कञ्चनजंघा पदमार्गमा क्षति

पहिरोले पर्यटकीय गाउँ घुन्सा हुँदै कञ्चनजंघा हिमाल जाने पदमार्ग र पदमार्गमा पर्ने घुन्सा खोलाको झलुंगे पुलसमेत बगाएको छ।