चाबहिल–सुन्दरीजल–मुलखर्क–हिले भन्ज्याङ हुँदै यहाँ पुग्न सकिन्छ। बाटोमा कागेश्वरी मन्दिरको दर्शन गर्दै पनि जान सकिन्छ।
तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलामा आएको बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन्।
झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा दुर्घटना भएको थियो।
सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्यांक माग गरेको छ।
पछिल्लो आमनिर्वाचनपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले हालसम्म तीन मुख्यमन्त्री फेरबदल गरिसकेको छ। अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया शुरू भएको छ।
यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ।
चौकीदार छनोटको विषयलाई लिएर कैदीबन्दीबीच कारागारभित्रै समूह बनाएर झगडा भएपछि जिल्ला कारागार खोटाङमा रहेका सात कैदीबन्दीलाई अन्यत्र पठाइएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार निर्देशन जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
व्यापारिक घराना विशाल ग्रुपको अधिकांश लगानी रहेको बृहस्पति विद्या सदनलाई २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिन विगतमा भएको सम्झौता बाल संगठनले गत वैशाखमा खारेज गरेको थियो।
यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन्। समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनुका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए।
गैँडाकोटमा रहेको मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
काठमाडौँको एक गेस्ट हाउसमा शुक्रबार बाजुराका युवक र युवती मृत भेटिएका छन्।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले राखेका छन्।
मान्छेलाई आक्रमण गरेपछि बाघ नियन्त्रणमा लिन पाँच वटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।
गत आर्थिक वर्ष महानगरले कुल खर्चको १५ प्रतिशत असार महिनामा मात्र सकेको थियो। त्यसरी अन्तिममा ह्वात्तै खर्च बढाएर पनि आर्थिक वर्ष सकिँदा कुल पुँजीगत खर्च ४२ प्रतिशतमा सीमित रह्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान फेरेको भन्दै दुई जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्युठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।
हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेलधुराले जनाएको छ।