AnonymousUser

Logout

बोतलको पानी कीरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिबाना तिराउने महानगरको निर्णय

प्रशोधित पिउने पानीको बोतलभित्र कीरा भेटिएपछि काठमाडौँ महानगरले अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड फास्टफुडलाई दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ।

कमला नदीमा पुलको माग गर्दै इन्जिनियरले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले कमला नदीमा पुल बनाउन माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ।

श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

मस्यौदामा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखी गन्तव्य मुलुकको श्रमबजारको माग र प्रवृत्तिअनुसार श्रमिकको सीप, दक्षताको पहिचान गर्ने उल्लेख छ।

संसदीय समितिले माग्यो तारागाउँ विकास समितिको समस्या समाधान कार्ययोजना

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारागाउँ विकास समितिका नाममा रहेको सम्पत्तिको विवरण तथा सञ्चालन तथा सदुपयोग हुने गरी कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएको छ।

सांसद भन्छन्– भ्रष्टाचारीलाई कारबाही गर्न हदम्याद राख्न हुँदैन

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद राख्न नहुने धारणा राखेका छन्।

जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपाल–भारत मिलेर अघि बढ्न राष्ट्रपतिको आग्रह

भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएका छन्।

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सहकारीमा राखेको पैसा झिक्न नपाएर उपचार अभावमा मृत्यु भएको भन्दै प्रदर्शन

स्थापितले एक करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा बचत गरेको भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नहुँदा उनको मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।

सोलुखुम्बुमा करेन्ट लागेर १ जनाको मृत्यु, ३ घाइते

सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम 

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकमा पहिरोका कारण नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ। 

रहेनन् गायक प्रकाश तिमिल्सिना

ललितपुर–१८ स्थित आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका तिमिल्सिनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

बाढीले सडक बगाएपछि भोजपुरको साल्पासिलिछोमा आवागमन कष्टकर

इर्खुवाखोलामा आएको बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा जनजीवन प्रभावित भएको छ। 

बडिगाड पहिरो: ५० परिवार विस्थापित

बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्। 

मनमोहन अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु

मनमोहन सेन्टरको छतबाट हाम फालेका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। 

सर्लाहीमा एक युवक मृत फेला

सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन्।

फूलबारी–बंगलाबन्ध नाका खुल्यो, बांग्लादेशसँगको आयात–निर्यात सहज हुँदै

फूलबारी–बंगलाबन्ध नाका खुला भएसँगै बांग्लादेशसँगको आयात निर्यात सहज भएको छ।

‘दलितलाई अधिकार खै?’ (तस्वीरहरू)

सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै दलितका लागि दलित अभियानले माइतीघरमा प्रदर्शन गरेको छ।

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ।

डेंगी संक्रमितको संख्या ३ हजार नाघ्यो, हैजाको संक्रमण पनि बढ्दै

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ भने ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी भेटिएका छन्।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।