गाउँका चौकीमा प्रहरी दरबन्दीभन्दा कम छन् भने त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ।
‘टीओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ।
राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ।
स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि जलमग्न हुने गरेको छ। यसबाट बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन्।
मधेश प्रदेशका जिल्लामा अनियमित रूपमा पटकपटक बिजुली काटिँदा गर्मीमा सकस भएको अधिकांशको गुनासो छ। बर्दिबासमा त गत साता स्थानीयले एक घन्टा राजमार्ग नै अवरुद्ध गरेर विरोध जनाएका थिए।
बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेर सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापा बेपत्ता भएका छन्।
फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।
'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,' अरुणका भतिज रिम मल्लले भने।
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगी संक्रमणले बिरामी हुन थालेपछि ती विद्यालय बन्द गरिएका छन्।
पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
जग्गाका खरिदकर्ता भन्छन्– सरकारले नै जग्गा किनबेच गर्न मिल्ने भनेर कित्ताकाट र अरू प्रकृया अघि बढाएको हो। २० वर्षयता यही जग्गा अनेक चरणमा खरिदबिक्री भइसक्यो। यो काम अहिले आएर कसरी गैरकानूनी हुन सक्छ?
दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाकाे संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।
'अहिलेसम्म घटनास्थलमा पाँच शव भेटिएको जानकारी आएको छ, एक जना महिला भन्ने खबर छ,' जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी तीलक भारतीले भने।
वडा कार्यालयकै लापरबाहीले दुई वर्षदेखि अलपत्र काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवनको निर्माण प्रक्रिया अघि बढेको छ।
हेटौँडा–४ पारिजातपथमा ‘मेडि असिस्ट’ कम्पनी खोलेर अनलाइनमार्फत ठगी गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा भारतीय मूलका ९ जनालाई पक्राउ गरिएको हो।
निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्द पुरी र कोषाध्यक्ष महेश श्रेष्ठ र व्यवस्थापक ध्रुवराज कार्कीलाई जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।