AnonymousUser

Logout

हेटौँडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

हेटौँडा उपमहानगरपालिका–९ धापमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

थामे बाढीबाट विस्थापितलाई ५० हजारका दरले राहत वितरण

खुम्बु पासाङल्हामु गाउँपालिकाले थामे खोलामा आएको बाढीले घरबास बगाएर विस्थापित भएकाहरूलाई ५० हजार रुपैयाँका दरले राहत वितरण गरेको जनाएको छ।

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ–स्टे’

गर्पाछेडामा पुग्ने पाहुनाहरूका लागि ‘गोठ–स्टे’ सञ्चालन गरिएको छ। होटल र होम–स्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठ–स्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरूलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ।

तनहुँमा चितुवाको आक्रमणबाट ८ वर्षमा १४ बालबालिकाले गुमाए ज्यान

चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ।

नेपालले यू१९ विश्वकपको एशिया छनोट आयोजना गर्ने

आईसीसी यू१९ पुरुष विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि

हेलिकप्टरबाट निरीक्षण गर्दा गाउँभन्दा माथि खुम्बु क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको हो। 

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ।

सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो। करिब ५० मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

थामे बाढी: तटीय क्षेत्रमा कटान जारी

बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण क्षतिग्रस्त बनाएको छ।

विद्युत्‌को उज्यालो पर्खिरहेको पर्यटकीय गाउँ निसेलढोर

ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक गाउँ भए पनि विद्युत्‌लगायत सुविधा नपुग्दा ओझेलमा छ। 

धनुषाको जलाद खोलामा डुबेर २ जनाको मृत्यु

शुक्रबार दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि साँझ स्थानीयले निकालेका थिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन

भक्तपुरको गठ्ठाघरमा बिहीबार एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।

थामे बाढी : दूधकोशी आसपासका क्षेत्रमा सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सहअस्तित्वमार्फत मानव–हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्दै बाहुनडाँगीबासी

हात्तीलाई आहार जुटाउन जुकेखाँडी सामुदायिक वनले २० हजार फलफूलका बिरुवा रोपेको छ। स्थानीय समुदायसमेत हात्तीमैत्री उपाय अवलम्बन गर्दै मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा सहमत हुन थालेका छन्।

वित्तीय अपराध अनुसन्धान गर्न प्रहरीमा अलग्गै ब्युरो

पछिल्लो समय अचाक्ली बढेका सहकारी ठगीदेखि सुन तस्करी र बैंकिङ कसुरदेखि अनलाइन ठगीसम्मले यस्तो दबाब बढाए कि त्यसबारे अनुसन्धान गर्न प्रहरीले बेग्लै वित्तीय ब्युरो स्थापनाको तयारी अघि बढाएको छ। 

थामे बाढी : १ जना बेपत्ता, ७ घर र ५ होटलमा क्षति

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने सात घर, पाँच होटल, क्लिनिक, स्कुलमा क्षति पुगेको छ।

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन, ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

छानबिन समिति गठन गरी गठ्ठाघर घटनाको सत्यतत्थ छानबिन गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको भनाइ छ।

व्यापारी रूप ज्योतिको नाममा पुर्‍याइएको सार्वजनिक जग्गा: धाकधम्कीले हच्केका स्थानीय फेरि जुर्मुराए 

एकान्तकुनास्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्‍याइएपछि विरोधमा उत्रेका स्थानीय बासिन्दा भू–माफियाको धम्कीले हच्केका थिए। उनीहरू कमलपोखरी पुरानै अवस्थामा फर्काउन फेरि सक्रिय भएका छन्।

बागलुङमा माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जना बेपत्ता

बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा शुक्रबार एक जना बेपत्ता भएका छन्। 

सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशंका

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। स्थानीयले हिमताल फुटेको आशंका गरेका छन्।