फूलबारी–बंगलाबन्ध नाका खुला भएसँगै बांग्लादेशसँगको आयात निर्यात सहज भएको छ।
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई उपेक्षा गरिएको भन्दै दलितका लागि दलित अभियानले माइतीघरमा प्रदर्शन गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ भने ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी भेटिएका छन्।
राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौँतर्फ चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
बेनी नगरपालिका–४ सिंगा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बांगेभिर र मंगला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ।
काठमाडौँको कमलादीस्थित सडकमा शुक्रबार वारपार भ्वाङ परेपछि आवागमन ठप्प छ। डेढ महिनाअघि सोह्रखुट्टेमा, अलि पहिले बानेश्वरमा पनि यस्तै भएको थियो।
छानबिन समितिले छनोट प्रक्रियामा पेश भएका कागजातहरूको आधिकारिकताको जाँचका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने श्रम मन्त्रालयले जनाएको छ।
बांग्लादेशमा भएको पछिल्लो घटनालाई सन्दर्भ बनाएर बांग्लादेश, नेपाल र श्रीलंकाका पाँच नागरिकले संयुक्त रूपमा भारतलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आह्वान गरेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपबारेमा जानकारी माग गरेको छ।
जेठ २८ गतेयता मनसुनी वर्षासँगै आएको बाढी, पहिरोलगायतका विपद्बाट चार हजार २९७ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ।
एक महिनामा जिल्लामा ३० जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। सोताङ गाउँपालिकामा २७ जनामा संक्रमण देखिएकोमा उनीहरूको ‘ट्राभल हिस्ट्री’ नरहेको कार्यालयको भनाइ छ।
‘सी–चेक’का लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुका परिवारजन बीमाको अन्योल मात्र होइन, एयरलाइन्सको व्यवहारले समेत दुःखी बनेको बताउँछन्।
काठमाडौँ महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको जहाज धावनमार्गमा पुगेर फर्काइएको थियो। केही यात्रुबीच विवाद भएपछि जहाज फर्काइएको श्री एयरलाइन्सले जनाएको छ।
सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले अगस्त ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
गुलरिया नगरपालिका–१ मा नौ महिनाको बालक मायरा चौधरी र ११ वर्षीया सोनिमा चौधरीको सर्पको टोकाइबाट बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बागलुङको बडिगाडमा पहिरोमा परेर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ भने एक जनाको खोजी जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।