AnonymousUser

Logout

बानेश्वरमा भासियो सडक (तस्वीरहरू)

काठमाडौँको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने मुख्य सडक भासिएको छ।

नगरकोट जंगलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

रानीझुला क्षेत्रमा घुम्ने क्रममा जंगलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि उद्धार भएको छ।

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको छ।

पहिरोले जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर

ठाउँ–ठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। करिडोरको विभिन्न ठाउँमा एक किलोमिटरभन्दा लामो पहिरो गएको योजना प्रमुखको भनाइ छ।

पहिरोले छिन्चु–जाजरकोट सडक अवरुद्ध

छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२, काडला पहाडबाट तल्लु बगरसम्मको सडक अवरुद्ध भएको हो।

ठेकेदार भागेपछि ढोरपाटन जाने सडकको बिजोग, पर्यटकलाई सास्ती

रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएको सडक एक दशक अगाडि ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा यात्राका लागि जोखिमयुक्त भएको छ।

हेटौँडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

हेटौँडा उपमहानगरपालिका–९ धापमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

थामे बाढीबाट विस्थापितलाई ५० हजारका दरले राहत वितरण

खुम्बु पासाङल्हामु गाउँपालिकाले थामे खोलामा आएको बाढीले घरबास बगाएर विस्थापित भएकाहरूलाई ५० हजार रुपैयाँका दरले राहत वितरण गरेको जनाएको छ।

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ–स्टे’

गर्पाछेडामा पुग्ने पाहुनाहरूका लागि ‘गोठ–स्टे’ सञ्चालन गरिएको छ। होटल र होम–स्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठ–स्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरूलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ।

तनहुँमा चितुवाको आक्रमणबाट ८ वर्षमा १४ बालबालिकाले गुमाए ज्यान

चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ।

नेपालले यू१९ विश्वकपको एशिया छनोट आयोजना गर्ने

आईसीसी यू१९ पुरुष विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टि

हेलिकप्टरबाट निरीक्षण गर्दा गाउँभन्दा माथि खुम्बु क्षेत्रमा रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको हो। 

बाढीपछि नाम्चेभन्दा माथिको आवातजावत ठप्प

शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ।

सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो। करिब ५० मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

थामे बाढी: तटीय क्षेत्रमा कटान जारी

बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण क्षतिग्रस्त बनाएको छ।

विद्युत्‌को उज्यालो पर्खिरहेको पर्यटकीय गाउँ निसेलढोर

ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक गाउँ भए पनि विद्युत्‌लगायत सुविधा नपुग्दा ओझेलमा छ। 

धनुषाको जलाद खोलामा डुबेर २ जनाको मृत्यु

शुक्रबार दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि साँझ स्थानीयले निकालेका थिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन

भक्तपुरको गठ्ठाघरमा बिहीबार एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।

थामे बाढी : दूधकोशी आसपासका क्षेत्रमा सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सहअस्तित्वमार्फत मानव–हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्दै बाहुनडाँगीबासी

हात्तीलाई आहार जुटाउन जुकेखाँडी सामुदायिक वनले २० हजार फलफूलका बिरुवा रोपेको छ। स्थानीय समुदायसमेत हात्तीमैत्री उपाय अवलम्बन गर्दै मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा सहमत हुन थालेका छन्।