AnonymousUser

Logout

कैलालीका २४ घर डुबानमा, १० जनालाई स्थानान्तरण

डुबान भएको बस्तीका १२६ जनामध्ये ११५ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोको छापा

नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा छापा मारेको ब्युरोको भनाइ छ।

नागढुंगामा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी खुल्यो

आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो। जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो।

भैरहवामा सार्वजनिक जग्गा दुरुपयोग गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाको आलटाल

सिद्धार्थनगर नगरपालिका–६ को बालउद्यान सञ्चालनको जिम्मा लिएको कम्पनीले त्यहाँ होटल र महेन्द्र सभागृह भाडामा लिएको कम्पनीले ‘पार्टी प्यालेस’ चलाइरहँदा पनि अनुगमन तथा कारबाही हुन सकेको छैन।

लेक लागेर १ वर्षमा २१ जनाको मृत्यु

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा २१ जना पर्यटकको लेक लागेर मृत्यु भयो। तीमध्ये ६ जना नेपाली र बाँकी विदेशी नागरिक हुन्।

नागढुंगा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोले सडक पुरेपछि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्।

दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा स्थानीय १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।

बागमतीले पार गर्‍यो सतर्कता तह: तटीय क्षेत्रमा जोखिम 

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

हुम्लाको चंखेलीमा जिप दुर्घटना: ७ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो।

भुटानी राजबन्दी राईलाई १ लाख ४० हजार सहयोग 

विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको उक्त रकम झापाको दमकस्थित बेलडाँगी शिविरमा मंगलबार प्रदान गरिएको हो। 

जन्म र मृत्युदर्ता गराउँदा वडाले ५ हजार दिने

वाकोटको विदुर नगरपालिका–५ कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गरिदिने योजना ल्याएको छ। 

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत– जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति आएको अविरलले कालिकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध  भएको छ। 

बाढी, पहिरोलगायतका विपद्‌मा परी १९३ जनाको मृत्यु, २४१ घाइते

जेठ २८ गतेयता बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्‍याएको छ।

कमला नदीमाथि पुल निर्माणको माग गर्दै आमरण अनशन

तीन वर्षअघि बाढीका कारण कमला नदीमाथिको पुल भासिएपछि पुनर्निर्माणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै जनप्रतिनिधि, इन्जिनियरसहित १० जना सामूहिक आमरण अनशनमा बसेका छन्।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै त्रुटि’

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टस्‌ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै पनि त्रुटिपूर्ण प्रावधानहरू रहेको औँल्याएका छन्।

कोशीमा भेटियो लोपोन्मुख माछाको प्रजाति

कोशी आसपासका नदीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ।

हिमताल विस्फोट : के होला खुम्बु क्षेत्रको पर्यटन? 

हिमताल फुटेर आएको बाढीले भौतिक संचनामा पुर्‍याएको क्षतिबाट खुम्बुको पर्यटन व्यवसायमा धक्का लाग्ने चिन्तामा त्यस क्षेत्रका पर्यटन व्यवसायी छन्।

पहिरोका कारण राष्ट्रिय राजमार्गका ७ वटा खण्ड अवरुद्ध

पहिरोका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र २४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।

१८ स्थानीय तहमा अझै पुगेको छैन राष्ट्रिय प्रसारण लाइनको विद्युत्

प्राधिकरणका अनुसार विद्युत‍्को पहुँच पुगेको जनसंख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ग्रिडभन्दा बाहिर रहेका दुई प्रतिशतले लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा (तस्वीरहरू)

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रामा गौरव यात्रा आयोजना गरेका छन्।