AnonymousUser

Logout

विरोधकाबीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती ऐन संशोधन विधेयक पारित

विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनर्निर्माण

काठमाडौँ महानगरपालिका–८ स्थित नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण गरिएको छ।

गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन

सोमबार सुर्खेतबाट नेपालगन्ज जाने क्रममा दुर्घटनामा परेका उपाध्यक्ष चन्द्रसिंह कार्कीको नेपालगन्जमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो।

घोडेपानी सडकमा पहिरो: पर्यटक र स्थानीयलाई सास्ती 

सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको छ।

परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन्। 

सुक्खा पहिरोले पार्थली–गेल्दुङ सडक अवरुद्ध

 सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ।

बाढीले जलविद्युत् परियोजनामा क्षति पुर्‍याउँदा पर्यटकीय क्षेत्र नाम्चे र थामे बिजुलीविहीन

बाढीले थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा नाम्चे र थामेका झन्डै एक हजार घरपरिवार प्रभावित भएका छन्। 

सुख्खा पहिरोले इन्द्रावतीको बहावमा अवरोध, सतर्कता अपनाउन प्रशासनको आग्रह

थुनिएको नदी एक्कासि खुलेमा पाँचपोखरी र इन्द्रावती गाउँपालिकाका साथै मेलम्ची नगरपालिकाका बासिन्दा प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना बेपत्ता

देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो लगायतका विपद्मा परी पछिल्लो २४ घण्टाको अवधिमा थप आठ जनाले ज्यान गुमाएका छन्।

चिनियाँ फुटबल संघका पूर्वपदाधिकारीलाई भ्रष्टाचारको अभियोगमा ११ वर्ष जेल सजाय

अदालतले चिनियाँ फुटबल संघका पूर्वउपाध्यक्षलाई एक लाख ४० हजार अमेरिकी डलर जरिबाना पनि निर्धारण गरेको छ। साथै, भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ।

कर्णालीमा आइतबारदेखि विद्युत् अवरुद्ध

विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बीच खोलामा रूख ढलेर विद्युत्को खम्बामा पर्दा तार टुटेर लाइन अवरुद्ध भएको हो।

१ महिनामै उप्कियो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्र्याक’

नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्र्याक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गरे।

पहिरोमा परी जाजरकोटमा एकाघरका ३ जनाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ।

बझाङको बुङ्गलमा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु

बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा अविरल वर्षासँगै पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने पुरिएका अन्य छ जनाको जीवितै उद्धार गरिएको छ।

गोसाइँकुण्डमा भक्तजनको घुइँचो

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ।

सोमबार भारी वर्षाको सम्भावना

अहिले सबै प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुग्लिन–पोखरा सडक : दमौली बजारका घर हटाउने सहमति

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारका घरहरू ६ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको छ।

रुदीखोलाले सडक बगाएपछि जोखिमपूर्ण यात्रा गर्दै सिङ्दी र पसगाउँबासी

लमजुङ क्व्होलासोथर गाउँपालिका ५ का वडा महिला सदस्य वर्तामाया गुरुङले गाडी गुड्ने सडक तथा पैदल यात्रा गर्ने बाटो नै बाढीपहिरोले अवरुद्ध भएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको बताइन्।

शैल्यशिखरका २ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले घुससहित पक्राउ परेका शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १८२ पुग्यो

जेठ २८ गतेयता बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी १८२ जनाको मृत्यु र ५० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।