पछिल्लो समय अचाक्ली बढेका सहकारी ठगीदेखि सुन तस्करी र बैंकिङ कसुरदेखि अनलाइन ठगीसम्मले यस्तो दबाब बढाए कि त्यसबारे अनुसन्धान गर्न प्रहरीले बेग्लै वित्तीय ब्युरो स्थापनाको तयारी अघि बढाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने सात घर, पाँच होटल, क्लिनिक, स्कुलमा क्षति पुगेको छ।
छानबिन समिति गठन गरी गठ्ठाघर घटनाको सत्यतत्थ छानबिन गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको भनाइ छ।
एकान्तकुनास्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याइएपछि विरोधमा उत्रेका स्थानीय बासिन्दा भू–माफियाको धम्कीले हच्केका थिए। उनीहरू कमलपोखरी पुरानै अवस्थामा फर्काउन फेरि सक्रिय भएका छन्।
बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा शुक्रबार एक जना बेपत्ता भएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। स्थानीयले हिमताल फुटेको आशंका गरेका छन्।
करवृद्धिको विरोधमा व्यवसायीले सटरको साँचोसमेत उपमहानगर प्रमुख र उपप्रमुखलाई बुझाएका छन्।
आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।
पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।
यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन भेप बरामद गरेको थियो।
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।
भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
डब्लूएचओले एमपक्सको बढ्दो संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि भएसँगै स्वास्थ्य आपत्कालको घोषणा गरेको छ।
जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परी १७५ जनाको मृत्यु र ४९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
अख्तियारले यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
निजी वनका रूख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएका खयरका रूख कटान गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।
भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि स्थानीय आन्दोलित बनेका छन्।
बिहीबार तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको छ।
माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। मौसमी परिवर्तनले कंक्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्।