AnonymousUser

Logout

राष्ट्रियसभामा अब नियमित शून्य समय चलाइने

बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायतका समस्याबारे सरकारको ध्यानाकर्षण गराए।

ढुंगाखानीले गाउँ नै पहिरोको जोखिममा, स्थानीयको गुहार सुन्दैन सरकार

ललितपुरको गोदावरी–७ देवीचउरमा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सञ्चालित ढुंगाखानीका कारण बस्ती नै पहिरोको जोखिममा परेपछि स्थानीयले विभिन्न निकाय गुहारे पनि कारबाही भएको छैन।

कुवापानी पहिरोले पुरियो पर्वतको आदिबराह ताल

जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पुरिएको हो। पहिरोले एउटा घर पनि जोखिममा परेको छ।

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका स्थानीय पनि प्रभावित भएको टेम्केमैयुङ–९ पाँचधारेका स्थानीय मानबहादुर सुनारले बताए।

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

मस्तिष्कको क्यान्सरबाट पीडित रेग्मीको ६१ वर्षको उमेरमा बुधबार राति ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

ताप्लेजुङको फक्ताङलुङमा पहिरो: २ घर र पुल बगे, कञ्चनजंघा पदमार्गमा क्षति

पहिरोले पर्यटकीय गाउँ घुन्सा हुँदै कञ्चनजंघा हिमाल जाने पदमार्ग र पदमार्गमा पर्ने घुन्सा खोलाको झलुंगे पुलसमेत बगाएको छ।

मानव बेचबिखनको आरोपमा विदेशी नागरिकसहित ३ जना पक्राउ  

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बेचन झाले आफू भारतीय मतदाता रहेको स्वीकारे

बेचन झाले भारतको बिहारमा आफ्नो मतदाता परिचयपत्र रहेकोबारे प्रहरी अनुसन्धानका क्रममा पनि स्वीकार गरेका छन्।

अस्ट्रेलियामा बेपत्ता सुभाषको खोजबिन गर्न राजदूतसँग आग्रह

२७ वर्षीय सुभाष बोलखे सिड्नी शहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन्।

काठमाडाैँ उपत्यकाका नदीमा पानीको प्रवाह वृद्धि गर्न विज्ञसँग छलफल

बागमती, विष्णुमती लगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिने काम भएको छ।

विश्वसम्पदा लुम्बिनी : कसरी पुग्यो खतराको सूचीमा 

यसपटक विश्वसम्पदाको खतरा सूचीमा पर्नबाट जोगिएको लुम्बिनी कुनै पनि बेला फेरि त्यो खतरामा पर्ने सम्भावना टरेको छैन। 

झन्डै ४ करोड मूल्य बराबरको कोकिनसहित २ विदेशी नागरिक पक्राउ

प्रहरीले तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ।

बाँसबारीका संरचना यथावत् राखिदिन माग गर्दै महानगरमा चाँदबागको निवेदन

आइतबार काठमाडौँ महानगरपालिकाको प्रहरी टोली चाँदबाग स्कुलअघि पुगेर सरकारी जग्गा भएकाले त्यहाँ निर्मित संरचना दुई दिनभित्र हटाउन स्कुल सञ्चालकलाई निर्देशन दिएको थियो।

दाङमा सर्पको टोकाइबाट १ जनाको मृत्यु, १ गम्भीर

मंगलबार राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। सर्पको टोकाइबाट नै घाइते भएकी उनकी आमाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

अरुणमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

निरन्तरको वर्षाले मकालु गाउँपालिकाकास्थित फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पनी बग्न थालेको छ।

पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा मंगलबार राति पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो। 

खाँदबारीका ८ घर पहिराको उच्च जोखिममा

गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले खाँदबारी नगरपालिका–५ रमितेका आठ घर जोखिममा परेका हुन्।

सिंगो कार्यालय एउटै कोठामा, भवन बनाउन आएको बजेट ३ वर्षदेखि फ्रिज

प्रदेश सरकारले डीपीआर स्वीकृत नगरिदिँदा तीन वर्षयता भवन निर्माणका लागि आएको तीन करोड ८५ लाख रुपैयाँ फ्रिज भइसकेको कृषि ज्ञान केन्द्र प्रमुख देवानन्द राय यादवले बताए।

हैजा संक्रमितको संख्या ५० पुग्यो, ललितपुरमै ३८ जनालाई संक्रमण

स्वास्थ्य सेवा विभागले देशभर ५० जनामा हैजा संक्रमण देखिएकोमा ललितपुरमा मात्रै ३८ संक्रमित रहेको जनाएको छ।