AnonymousUser

Logout

प्रदेश सरकारले कार्यक्रमबाट हटायो मुस्ताङमा बहुवर्षीय ठेक्का लागेको सडक

आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको सडक चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमबाट हटाएपछि समस्या भएको छ।

असार तेस्रो साताको बाढीले कञ्चनपुरमा १ अर्ब ५० करोडको क्षति

भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।

कैलालीमा डुबानबाट १९ घरपरिवार विस्थापित

डुबानको जोखिम अझै रहेको भन्दै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ।

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकको प्रयोगमार्फत विकृति बढेको भन्दै तत्कालीन सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको थियो।

दलीय स्वार्थको दलदलमा त्रिवि

आफ्नो मान्छेलाई नियुक्ति दिलाउन चाहने समूहले पदाधिकारीलाई ‘सिध्याउने’ धम्की दिएको छ। गुण्डागर्दी शैलीमा धम्की आएको भन्दै साउन ३२ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरू कार्यालयमा अनुपस्थित थिए। 

प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको छ।

पर्वतमा १ वर्षमा ७ चितुवा मृत भेटिए

डिभिजन वन कार्यालय पर्वतका अनुसार एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्।

नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक स्वीकृत

राष्ट्रियसभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।

निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिने त्रासमा तटीय क्षेत्रका बासिन्दा

इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ। डाँडाको माथिल्लो भाग खसे नदी थुनिन सक्ने र यसले ठूलो क्षति पुर्‍याउने भन्दै स्थानीय त्रसित छन्।

कैलालीका ५०० घर डुबानमा, १ हजार ७०० जना प्रभावित

डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ।

बाढीका कारण भजनी नगरपालिकाको अधिकांश भूभाग डुबानमा

निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ। वर्षा नरोकिएकाले व्यवस्थापनमा समस्या भएको छ।

भैँसी गोठमा मृत भेटियो बाघ

गोठमा बाँधेको भैँसी घाइते र भैँसी नजिकै बाघ मृतअवस्थामा फेला परेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

गाउँलेहरूले वर्षौंदेखि कालेखोलामा झोलुंगे पुलको माग गर्दै सरकारी निकाय गुहारेको भए पनि त्यसको सुनुवाइ हुन सकेको छैन।

पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आसपासमा वैकल्पिक सडक नहुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।

कैलालीका २४ घर डुबानमा, १० जनालाई स्थानान्तरण

डुबान भएको बस्तीका १२६ जनामध्ये ११५ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोको छापा

नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा छापा मारेको ब्युरोको भनाइ छ।

नागढुंगामा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी खुल्यो

आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो। जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो।

भैरहवामा सार्वजनिक जग्गा दुरुपयोग गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाको आलटाल

सिद्धार्थनगर नगरपालिका–६ को बालउद्यान सञ्चालनको जिम्मा लिएको कम्पनीले त्यहाँ होटल र महेन्द्र सभागृह भाडामा लिएको कम्पनीले ‘पार्टी प्यालेस’ चलाइरहँदा पनि अनुगमन तथा कारबाही हुन सकेको छैन।

लेक लागेर १ वर्षमा २१ जनाको मृत्यु

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा २१ जना पर्यटकको लेक लागेर मृत्यु भयो। तीमध्ये ६ जना नेपाली र बाँकी विदेशी नागरिक हुन्।

नागढुंगा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोले सडक पुरेपछि काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्।