जेठ २८ गतेयता बाढी पहिरोलगायतका विपद्का घटनाबाट पाँच हजार ८८३ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशले प्रहरीमा जस्तो हलचल ल्याएको छ, राजनीतिक नेतृत्व इमानदार बनेमा यसले प्रहरी गिजोल्ने बाटो सधैँलाई बन्द गरिदिन सक्छ।
वैदेशिक रोजगारीप्रति आकर्षण, स्वदेशमा मिहिनेत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको स्रोत घुम्ती पशुपालन संकटमा परेको पूर्वप्रधानपञ्च विष्णुबहादुर थापा बताउँछन्।
घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए।
स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा चार वर्षअघि सरकारले जमिनको स्वामित्व निर्क्योल नगरी १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो।
आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको सडक चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमबाट हटाएपछि समस्या भएको छ।
भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।
डुबानको जोखिम अझै रहेको भन्दै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ।
टिकटकको प्रयोगमार्फत विकृति बढेको भन्दै तत्कालीन सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको थियो।
आफ्नो मान्छेलाई नियुक्ति दिलाउन चाहने समूहले पदाधिकारीलाई ‘सिध्याउने’ धम्की दिएको छ। गुण्डागर्दी शैलीमा धम्की आएको भन्दै साउन ३२ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरू कार्यालयमा अनुपस्थित थिए।
सर्वोच्च अदालतले प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको छ।
डिभिजन वन कार्यालय पर्वतका अनुसार एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्।
राष्ट्रियसभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।
इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ। डाँडाको माथिल्लो भाग खसे नदी थुनिन सक्ने र यसले ठूलो क्षति पुर्याउने भन्दै स्थानीय त्रसित छन्।
डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ।
निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ। वर्षा नरोकिएकाले व्यवस्थापनमा समस्या भएको छ।
गोठमा बाँधेको भैँसी घाइते र भैँसी नजिकै बाघ मृतअवस्थामा फेला परेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
गाउँलेहरूले वर्षौंदेखि कालेखोलामा झोलुंगे पुलको माग गर्दै सरकारी निकाय गुहारेको भए पनि त्यसको सुनुवाइ हुन सकेको छैन।
देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आसपासमा वैकल्पिक सडक नहुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।