रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर दुई जानको मृत्यु भएको छ । पहिरोमा परेर आठ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन्। सडक खुलाउने प्रयास जारी छ।
गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका र उनीहरूको खोजीका लागि ४० जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
केरुङ खोलामा आएको बाढीले सडक कटान गरी सवारी आवागमन बन्द हुँदा कैलाश मानसरोवरबाट फर्किएका र जाँदै गरेका यात्रु प्रभावित भएका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ।
नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
तनहुँमा बस दुर्घटनामा परी ज्यान गुमाएका भारतीय पर्यटकको शव भारत पठाइएको छ। शुक्रबार आबुखैरेनीनजिकै सडकबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ जनाको मृत्यु भएको थियो।
नेपालको आकस्मिक भ्रमणमा रहेकी भारतीय खलकुद राज्यमन्त्री खड्सेले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारीसमेत लिएकी थिइन्।
आयोगका सदस्य राजकिशोर साहले स्रोतसाधन अभावले प्रदेशमा सुशासन कायम गर्न आयोगले चाहेजस्तो कार्य सम्पादन नसकेको बताए।
गिरिबन्धुलगायतका अनियमिततामा यथाशीघ्र निष्पक्ष अनुसन्धानका साथै सबै शीर्ष नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठनको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ।
खोलाले बगाउँदा अरुण तेस्रोको विद्युत्गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे बुझ्न राज्यमन्त्री रक्षा निखिल खड्से शनिबार काठमाडौँ आएकी हुन्।
दुर्घटनामा घाइते १६ जनाको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।
स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर हनुमाननगरमा विरोध जनाएका छन्।
च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने कृषक इसा क्षत्रीको भनाइ छ।
खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। बोक्सीखोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसँगै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँगै पनि सोधपुछ गरेको छ।
तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइते १६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालु आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपहिरो खसेर बोक्सेखोला थुनिएको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।