मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेयता विपद् घटनाबाट ६ हजार ४९ घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ।
अस्ट्रेलियाले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षामा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित तिखेढुंगाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये मंगलबार एक जनाको शव फेला परेको छ।
प्रहरी अधिकृतलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश पुनरवलाेकनका लागि सरकारले निवेदन दिएको छ।
बाढीले पुल बगाएपछि आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको खडकदेवी माध्यमिक विद्यालयले जनाएको छ।
सांसदले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाबाट घाइते भएकाको निःशुल्क उपचार तथा पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिविरुद्ध सशस्त्र प्रहरीका अधिकृतले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथिको सुनुवाइ भदौ १४ गते शुक्रबारबाट थाल्ने गरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएका हुन्।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा सिँचाइपोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
पहिरोका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जना ‘डिस्चार्ज’ भएका छन्।
ओमानका विदेशमन्त्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।
क्रियटिभ ह्यान्डस्ले नेपालगन्ज म्याराथनको १०औँ संस्करणका अन्य १० इभेन्टसँगै रात्रिदौड पनि आयोजना गर्न लागेको जनाएको छ।
ललितपुर महानगर र गोदावरी नगरपालिकामा पर्ने राजकुलो पुनर्निर्माण प्रक्रियाबारे यी दुई स्थानीय तहबीच विवाद छ। राजकुलोलाई सांकेतिकरूपमा पाइपमार्फत ल्याउने ललितपुरको योजनामा गोदावरीका पदाधिकारी असहमत छन्।
टुँडिखेलमा आयोजित गौरापर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाको सम्बोधनका क्रममा उनीहरूविरुद्ध नाराबाजी भएको छ।
सहकारीपीडितले सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनका लागि दबाब दिन ‘बृहत् सडक आन्दोलन’को घोषणा गरेका छन्।
बाढी पूर्वानुमान महाशाखाले पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।
मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न बन्द गरिएको पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ।