दुई दशकअघि खरिद गरेर बसोबास गर्दै आएको जमिनमाथि अनाहकको विवाद र विग्रह ल्याउन खोजिएकाले सरोकार समिति गठन गरेर आन्दोलन शुरू गरिएको समितिसचिव हरिप्रसाद भण्डारीले बताए।
उपत्यकामा वितरण हुने कतिपय जार तथा बोतलको पानीमा कीरा, लेदोलगायत अखाद्य वस्तु भेटिन्छ। यस्ता जार वा बोतल नखोलिएको भए काठमाडौँ महानगरले उत्पादकलाई र खोलिएको भए होटल तथा रेस्टुरेन्टलाई कारबाही गर्छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत एवं नापी कार्यालयका अभिलेखलाई चुस्तदुरुस्त र वैज्ञानिक बनाउने भएको छ।
कोशी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मुग्लिन-आँबुखैरेनी सडकखण्ड बन्द गरेर मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
खनिज इन्धनले वातावरणमा पार्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न भन्दै उद्योग मन्त्रालयले पेट्रोलमा बायो इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ।
चितवनमा दर्ता हुने उद्योग तथा व्यावसायिक फार्मभन्दा खारेज हुनेको संख्या बढेको छ।
जेठ २८ गतेयता बाढीपहिरो लगायतका विपद्मा परेर ५४ जना बेपत्ता भएका छन् भने ६ हजार ४४ घरपरिवार विस्थापित भएका छन्।
व्यक्तिको जग्गामा निर्मित संरचना नहटाए जनप्रतिनिधिले कैद सजाय भोग्नुपर्ने भएपछि जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै नगरपालिका उच्च अदालत पुगेको थियो। तर उच्चले जिल्लाकै आदेशलाई सदर गरिदियो।
मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि निर्मित एक हजार शय्याको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेको छ।
३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशमा जाने व्यवस्थामा रोक लगाउन माग गर्दै सशस्त्र प्रहरीका अधिकृतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आइतबार अपराह्नदेखि कैलाश मानसरोवर जाने दर्शनार्थीका लागि आवतजावत खुल्ला भएको छ।
पहिरोमा परी बेपत्ता अन्य चार जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए।
चतुर्वेदीले कान्ति भैरव बचत तथा ऋण सहकारीमा बचत गरेको २५ लाख रुपैयाँ फिर्ता नपाएको कान्ति भैरव पीडित संघर्ष समिति सदस्य राजेशकुमार विष्ट बताउँछन्।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो।
स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित भारतीय नागरिक ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार पक्राउ परेका छन्।
परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो।
अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भइरहेको छ।
महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो।
पहिरोले सडकमा क्षति पुर्याएपछि बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ।