AnonymousUser

Logout

फेवाताल संरक्षणका लागि सर्वोच्चको त्यो आदेशः ११ महिनासम्म के गर्दैछन् सरोकारवाला निकाय?

सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि दोस्रोपटक आदेश दिएको दुई महिनापछि गत मंसिरमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वमा फैसला कार्यान्वयन समिति बनाइएको छ। तर समितिको काम सुस्त छ।

उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

उमेरहदका आधारमा अवकाशमा नपठाउन माग गर्दै एआईजी श्याम ज्ञवालीसहित पाँच जनाले दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

३० वर्षे विवादमा सरकारको ‘भ्याकेट’माथि शुक्रबार सुनुवाइ, सर्वोच्चले बोलायो दुवै पक्षलाई

प्रहरी अधिकृतको ३० वर्षे सेवा अवधि विवादबारे सरकारको ‘भ्याकेट’मा सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले दुवै पक्षलाई बोलाउन आदेश गर्दै सुनुवाइका लागि शुक्रबार पेसी तोकेको छ।

राष्ट्रपति पौडेलबाट टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

बाढीपहिरोले कर्णाली राजमार्ग क्षतिग्रस्त, यातायात अवरुद्ध

सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्। स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन्।

हुलाकी सडक निर्माणलाई गति दिन सरकारलाई सांसदको ध्यानाकर्षण

राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसदले हुलाकी सडक निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बागलुङमा विद्युत् अनियमित हुँदा मारमा उपभोक्ता

बागलुङमा दुई महिनायता शनिबार विद्युत् कटौती भइरहेको छ भने अन्य समयमा पूर्वसूचनाबिना विद्युत् कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन्।

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ घाइते

दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको बस राँझामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

पहिरोको उच्च जोखिममा चेकेथुम गाउँ 

पहिरोभन्दा माथि रहेको गाउँमा ६१ परिवारको बसोबास छ। पहिरो गाउँतर्फ सर्दै गएपछि खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा छन्। २८ परिवार विस्थापित भइसकेका छन्।

जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता भएका छन्।

श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिबाना

कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको महानगरले जनाएको छ।

माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले भ्रष्टाचार अभियोगमा माइभ्याली सामुदायिक वन उपभोक्ता समूह, इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पप्पु कन्स्ट्रक्सन संलग्न कमला पुलः निर्माणमै ‘कैफियत’, बजेट सकियो पुल चलेन

ठूला ठेक्कापट्टामा विवादित कम्पनी पप्पु कन्स्ट्रक्सन संलग्न कमला नदीको पुल निर्माणमा त्रुटिपूर्ण डिजाइनसँगै थुप्रै कैफियत देखिन्छन्। परिणाम, सिरहा र धनुषा जोड्ने पुल १३ वर्षदेखि सपनामै सीमित छ।

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

सिग्देलले हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका छन्।

तराईमा पनि कोदो खेतीको परीक्षण

राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा कोदो उत्पादनको परीक्षणका लागि करिब दुई कट्ठा क्षेत्रफलमा नौ जातका कोदो रोपिएको छ।

दोरम्बा पहिरो: मृत्यु हुनेको संख्या ८ पुग्यो

दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा भदौ ९ गते बिहान गएको पहिरोले चार घर बगाउँदा हराइरहेका १० जनामध्ये आठ जनाको शव फेला परेको छ।

थासाङ हिउँपहिरोः बग्न थाल्यो थुनिएको बोक्सीखोला 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि बग्न थालेको हो।

बेनी–जोमसोम–कोरला सडक: सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

मुस्ताङ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ। 

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, थुनियो बोक्सीखोला

थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए।