दिल्लीस्थित नेपाली दूतावासमा पोस्टिङ हुने एसएसपीले सहयोगीबापत कुनै प्रहरी पाउँदैनन्। जुत्ताको तुनाधरी बाँध्न लगाउने बानी परेकाहरूले यसरी सहयोगीबिना जागिर खाने कल्पनै गर्दैनन्।
सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।
बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेश भई अदालतबाट सदर भएपछि कैदी जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानूनी व्यवस्था रहेको छ।
क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ।
महान्यायाधिवक्ता रमेश बडालले मन्जुरी नलिई विवाह गरेका बालकमाथि अधिक अपराधीकरण नहुने गरी बालविवाहको कसुरमा मात्र अनुसन्धान र अभियोजनको कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।
विभागका अनुसार लामो दूरीका यात्रीवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि यान्त्रिक चेकजाँच गर्नुपर्ने छ भने सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।
झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।
यौन दुर्व्यवहारको आरोप लागेर राष्ट्रिय मानव अधिकार आयोगबाट एक वर्ष निलम्बनमा परेका प्रा. कपिल श्रेष्ठ मात्र नभई अदालतले तोकेको १५ हजार जरिबाना नतिरेका धनप्रसाद पण्डित पनि राजदूतमा अनुमोदन भएका छन्।
काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो।
आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
लेबनानका स्वास्थ्यमन्त्री लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु भएको बताएका छन्।
जग्गासम्बन्धी विवाद टुंगिएसँग ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढ्ने भएको छ।
विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई आठ वर्ष कैद सजाय निर्धारण गरेको छ।
सुरक्षाकर्मीको दैनिक खान्कीका लागि छुट्याइने रासन भत्ता कति हुन्छ? काठमाडौँमा कार्यरत सशस्त्र प्रहरीहरूले पाउने दैनिक २०३ रुपैयाँ रासन भत्ता सोही संगठनमा कुकुरलाई छुट्याइएको रासन भत्ताभन्दा पनि कम हो।
नेपालसँग हुन लागेको द्विपक्षीय विद्युत् खरिदबिक्री सम्झौताको अनिश्चितता बांग्लादेशको राजनीतिक परिवर्तनले लम्ब्याएको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बांग्लादेश बिजुली बेच्ने तयारी छ।
सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखे अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन या अस्वीकृत गर्न आवश्यक पर्ने दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन हुन पुगेको छ।
बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिनका लागि बिदा दिने निर्णय गरिएको मनराशिशवाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए।