छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गर्न थालेको छ। कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ।
निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्।
देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अनलाइन मतका आधारमा छानिने आइकनमा पालिकाप्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए।
राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा सरकारी तथा निजी क्षेत्रका पूर्वाधार परियोजनालाई प्रवेश दिन सरकारी पक्षले अनैतिक र गैरजिम्मेवार कार्यशैली अपनाएको भन्दै नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन्।
सरकारले विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयन गर्न एडीबीबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली पनि गठन गरेको छ।
कांग्रेस उपसभापति धनराज गुरुङले डिभोर्सपछि पनि आफ्नो नाममा रहेको घर/जग्गा धितोमा राखेर दुवै जनाले लिएको ऋण तिरेको संस्थाबाट प्राप्त विवरणले देखाउँछ।
गौशाला–१ इँटाटारमा अर्बौंको लगानीमा स्थापना भएको पेपर मिल सञ्चालनका लागि ३३ हजार केभिएको विद्युत् आवश्यक छ। अहिलेसम्म विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए।
पहिरोका कारण धनगढी—डडेलधुरा, डडेलुधरा —दिपायल, बुडर—जोगबुढा, खोड्पे—बझाङ राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।
महाकालीमा बहाब बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रचलित मापदण्डमा थप २० मिटर छाड्नुपरे कतिपयको आजीवनको कमाइ खोसिने उपत्यका मेयर्स फोरमको निष्कर्ष छ। सबै पालिकाहरू फैसलाको पुनर्वलोकन हुनुपर्ने कित्तामा उभिँदा मेयर बालेन भने कार्यान्वयनको पक्षमा छन्।
शुक्रबार बिहान भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने पहिचान खुलेको छैन।
दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।
भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खस्दा भीमदत्त राजमार्ग र डडेलधुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्।
बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि पहिरो, कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौतीका रूपमा देखिएको छ।
प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यले कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्कालअघि बढाउन ध्यानाकर्षण गराएका छन्।
नेपाल एअरलाइन्स सुधारका लागि २०५८ देखि २०७६ सालसम्म बनेका ६वटा समिति/कार्यदलले दिएका सुझावलाई अहिलेसम्म सरकारले कार्यान्वयन गरेको छैन। एअरलाइन्सको सेवा र विश्वसनीयता दिनप्रतिदिन खस्किँदै गएको छ।
सरोकारवाला निकायले संरक्षणमा चासो नदिँदा ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार दिनप्रतिदिन खण्डहरमा परिणत हुँदै गएको स्थानीय बताउँछन्।
काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए।
तत्कालीन आयुक्त श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगकी एक पूर्वअधिकृतलाई यौनहिंसा गरेको आरोप थियो। पछि उनलाई श्रीमतीको कानूनी मान्यता दिने लगायतका शर्तमा श्रेष्ठले सहिछाप गरेको कागज आयोगको रेकर्डमा छ।