अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बढेको बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको बताए।
थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेसन काटेर फरार भएका हुन्।
कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा शनिबार १० दिने चीन भ्रमणमा गएको रास्वपा नेताहरूको टोली भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्किन लागेको छ।
लुम्बिनी विकास कोषले ताइवानमा दर्ता भएको चुजी फाउन्डेसनलाई प्राविधिक विद्यालय बनाउन जग्गा दिएको विषयले विवाद निम्त्याएको छ। अध्ययन समितिले उपयुक्त ठहर्याएपछि मात्र जग्गा दिइएको कोषको दाबी छ।
कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए।
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिबाट कारबाही सिफारिस गरिएका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रामेछापको मन्थलीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ।
बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेकोप्रति जानकारले चासो व्यक्त गरेका छन्। अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।
समितिलाई मह किसानका समस्या अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको कृषि मन्त्रालयले जनाएको छ।
वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए।
कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ।
बेरुतमा भएको इजरायली हवाई आक्रमणबाट मारिनेको संख्या ३१ पुगेको लेबनानका स्वास्थ्यमन्त्रीले बताएका छन्।
बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको सम्झना चौधरीले बताइन्।
विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले प्रक्रिया थालेपछि मूल्यका विषयमा विवाद सिर्जना भएको छ।
सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापनाभन्दा अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न विभागलाई निर्देशन दिएको छ।
शुक्रबार राति आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा बागलुङ निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठेकेदारले काम सम्पन्न गरेर दुई वर्षअघि नै नगरपालिकालाई हस्तान्तरण गरेका थिए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेका छन्।