यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।
गोरखाको आरुघाट गाउँपालिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निगमसँग दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य अवस्थामा आएका छन्। अब तीन जहाजमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो।
'भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको पाइएको छ।'
राजमार्ग स्तरोन्नति नहुँदा बाँके नेपालगन्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको ३५० दूरी सडकखण्ड पार गर्न यात्रुले बाह्रैमास सास्ती खेपिरहेका छन्।।
आफ्नो वेबसाइटमा ७५० शय्या क्षमता भएको उल्लेख गर्ने अस्पतालले ३०० शय्याको मात्र स्वीकृति पाएको छ। हेलिप्याड र मुख्य भवनको आसपास बनाइएका अरू संरचनाहरू बिनाइजाजत बनाइएको भेटिएको छ।
२०७८ असार २४ को पहिरोले विस्थापित भएका परिवारको स्थायी बसोबास टुंगो लागेको छैन। विद्यालय र सामुदायिक भवन हुँदै अहिले सानो चौरभित्र १८ परिवार बसिरहेका छन्।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
पर्यटन बोर्डका सीईयोमा दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
सरकारले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्रसंघीय समितिमा पेश गर्ने निर्णय पनि गरेको छ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रतिनिधिसभामा पेश गरेका छन्।
मिल्ने साथीको पहिचान बनाएका एकै कार्यालयमा कार्यरत करारका दुई कर्मचारीबीच कार्यस्थलमै विवाद, कुटपिट र हत्या भयो। पीडित परिवार घटनाको कारण थाहा पाउन ११ दिनदेखि प्रहरीको अनुसन्धान नतिजा पर्खिइरहेको छ।
सांसदहरूले भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमीकमजोरीका कारण मधेश प्रदेशमा वन अतिक्रमण बढेको तथ्यांकमा उल्लेख छ।
वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए।
निःसर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपांगता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन्।
हिँउदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले सम्भावित जोखिमबाट बचाउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।