बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका दुवै जनाको शव फेला परेको छ।
निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन बन्द भएको हो।
पहिरोमा पुरिएकी ११ वर्षीया सम्झना चालाउनेलाई उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको छ। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
९६ करोड ४५ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो।
पहिरोका कारण अवरुद्ध भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ।
गल्याङ नगरपालिकाका कृषक परम्परागत रूपमा लगाउँदै आएका धान, मकै गहुँ, तरकारी बाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ आकर्षित भएका छन्।
चिकित्सा शिक्षा आयोगले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ।
विभिन्न स्थानमा बेवारिसे भेटिएका करिब २०० मूर्ति र कलावस्तु छाउनीस्थित राष्ट्रिय संग्रहालयको भण्डारण कक्षमा छन्। यीमध्ये अधिकांश प्रहरी कार्यालयहरूमा लामो समय रहेका र क्षतिग्रस्त कलावस्तु छन्।
परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन्।
उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघरका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन्।
शुक्रबार रातिको वर्षाका कारण पहिरोसँगै खसेको ढुंगा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।
समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–शिकारी नियन्त्रणसँगै वन्यजन्तुको संख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।
समितिले बचतकर्ताको भावनामा चोट पुग्ने गरी पीडितको आन्दोलन, अनशन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न तथा सार्वजनिक अभिव्यक्ति दिँदा संयमित हुन सहकारीमन्त्री बलराम अधिकारीलाई निर्देशन दिएको छ।
काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
घरेलु बालश्रमिक राखेको भन्दै काठमाडौँ महानगरले एमाले सांसद रेखा शर्माविरुद्ध प्रहरीमा उजुरी दियो। उनै शर्मालाई सघाउने कानून व्यवसायी सरकारको महान्यायाधिवक्ता बनेपछि मेयर बालेन प्रधानमन्त्रीमाथि खनिए।
हाल मौसमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको र संक्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहको भनाइ छ।
सरकारले गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका र सो गाउँपालिकाको केन्द्र साबिक वडा नं ५ सानडाँडाबाट वडा नं २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गरेको छ।
जंगलमा डाँफे, कालिज, चिबे, तित्रा, कटुके चरा, लामपुच्छ्रेलगायत पक्षी तथा बाक्लै भेटिने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको बेनी नगरपालिका–३ भकिम्लीका तेजबहादुर घर्ती बताउँछन्।
स्थानीय बासिन्दाले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर्न, गैरकानूनी तरिकाले बर्खास्त चिकित्सकलाई अविलम्ब पुनर्बहाली गर्न माग गरेका छन्।