झ्याप्ले खेलामा पहिरोले पुरिएका दुई वटा सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ।
अविरल वर्षापछिको बाढीपहिरो तथा डुबानलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ।
झ्याप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको धादिङ प्रहरीले जनाएको छ।
सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। विद्यालय, व्यापारिक केन्द्र र बस्ती डुबानमा पर्दा धनमालको क्षति भएको छ।
आपत्कालीन समन्वयात्मक बैठकले बिजुली, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते छन्।
अविरल वर्षाका कारण झरेको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत धुनीबेशी र चन्द्रागिरि नगरपालिकाको सीमास्थित झ्याप्ले खोलामा यात्रुवाहक बस पुरेको छ।
दुई दिनदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका ३ जिल्लामा ३२ जनाको मृत्यु भएको छ भने देशभर ४१ जनाले ज्यान गुमाएका छन्। बाढीपहिरो र डुबानबाट ६३ स्थानमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्ता भएकामध्ये तीन विद्यार्थीको शव भेटिएको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले तीन दिनदेखिको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने बताए।
पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुर्याएको छ।
सशस्त्र प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
चितवन प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुंगा सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्।
कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन्।
व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
बेलिब्रिज बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ।
विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशय खोलेका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ का ५५ वर्षीय पुरुष रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। उनको परिचय भने खुलेको छैन।