AnonymousUser

Logout

कहाँ पुग्यो धनराज गुरुङ मुछिएको सहकारीको छानबिन?

बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको किटानी जाहेरीमा धनराजको नाम उल्लेख नभएको हुँदा उनीविरुद्ध अहिले अनुसन्धान अघि नबढेको जवाफ प्रहरीले दिएको छ।

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। यसका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

देशभर वर्षा, यी नदीमा छ बाढीको जोखिम

वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सोमबारदेखि भने मनसुनी प्रणाली कमजोर हुने जनाइएको छ।

बिहारमा जितिया पर्व मनाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

बिहार राज्यको विपद् व्यवस्थापन विभाग जितिय पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ। 

दूधकोशीमा बेपत्ता युवक नभेटिएपछि फर्कियो गोताखोर टोली

माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता भएका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।

कोशी ब्यारेजबाट बस खस्यो, सबै यात्रुको उद्धार

विराटनगरबाट गाईघाटतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भई कोशी ब्यारेजबाट नदीमा खसेको प्रहरीले जनाएको छ।

हिमाली–पहाडी जिल्लामा २ दिन रात्रिकालीन बस नचलाउन अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।

नेप्से परिसूचक ३२.८१ अंकले घट्यो, ४ अर्ब ८४ करोडको शेयर कारोबार

बिहीबार परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ को विन्दुमा सीमित भएको छ।

स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता

मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।

निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६ वर्षदेखि अलपत्र

कोशी प्रदेश र नगरपालिकाको साझेदारीमा गुम्बा निर्माण उपभोक्ता समितिमार्फत थालिएको थियो। करिब २१ करोड लगानीमा निर्माण शुरू गरिएको गुम्बाको अहिलेसम्म जग मात्र ठडिएको छ।

सडक व्यापारबाट गुजारा चलाउनेहरूको दैनिकी अन्योलमा, सर्वाेच्चको पूर्णपाठ पर्खिंदै महानगर

‘सरकारले हामीलाई कि विकल्प देओस्, कि त सडकमा व्यवसाय कहीँ पनि गर्न नपाइने कानून देशभर लागू गरोस्। यसरी अन्योल र डरत्रासमा कहिलेसम्म पर्खिने?’

सर्लाहीमा गोली चल्दा १ जनाको मृत्यु, १ घाइते 

वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌ले घर आएर श्रीमतीसँग विवाद गरी गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

कालीगण्डकी करीडोर: चराङ–छोसेरखण्ड ८ वर्षसम्म अधुरै

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए।

पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति

पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे  अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

वडाध्यक्षको हत्या आरोपमा २ जना पक्राउ

रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ।

दशैँ नजिकिएसँगै शुरू भयो चंगा र धागोको व्यापार (तस्वीरसहित)

दशैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार शुरू भएको छ।

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटाली र जर्मनीका नागरिकलाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।

दाङमा चट्याङ लागेर १ जनाको मृत्यु, २ घाइते

चट्याङमा परेर घोराही उपमहानगरपालिका–११ खुङकोटका ४२ वर्षीया निमकली साहु र उनकी ६ वर्षीया छोरी सविना साहु घाइते भएका छन्।

महाशिला गाउँपालिका: गाउँ फर्किनेलाई ६ महिनाको खाद्यान्न, १ लाख अनुदान 

गाउँ फर्केकालाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरण पोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ।