AnonymousUser

Logout

नदीमा बहाव बढ्दो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

बालश्रम शोषण ऐनको प्रभावकारी कार्यान्वयनमा चुनौती

श्रमिक बालबालिकाले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेका, सोका लागि स्थानीय सरकार र अन्य संघसंस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गरी सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन्। 

सहकारी प्रकरण: रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए? 

सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको सिफारिसलाई लिएर आ–आफ्नै दाबी र तर्क चलिरहेका छन्। समितिको सिफारिसले यो प्रकरणमा केन्द्रीय पात्र रहेका रविलाई सजिलो बनायो कि झन् अप्ठेरो?

अस्पतालको शौचालयबाट कैदी फरार भएको घटना छानबिन गर्न समिति गठन

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

सहकारी

काठमाडौँ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जिम्मेवार देखिएको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको छ।सहकारी ठगीसम्बन्धी छानबिनका …

खोला किनारको २० मिटर विवाद: सरकारले दर्ता गर्‍यो पुनरवलोकन निवेदन

उपत्यकाका नदी किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ।

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ। 

२०६ घण्टा बैठक बसेर अन्त्य भयो प्रतिनिधिसभाको चालु अधिवेशन

प्रतिनिधिसभाको पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १३ वटा विधेयकमध्ये सात वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन र एउटा विधेयक दुवै सदनबाट पारित भएको छ।

गृहले बनायो नागरिकता समस्या समाधान गर्न अध्ययन समिति

समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गरी असोज १५ भित्र अध्ययन प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा पेश गर्‍यो प्रतिवेदन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा पेश भएको सहकारी ठगीसम्बन्धी छानबिन प्रतिवेदनलाई आवश्यक कामकारबाहीका लागि सरकारसमक्ष पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयभन्दा बढी संक्रमित

पछिल्लो तीन महिनामा डेंगी संक्रमणदर ह्वात्तै बढेको र समयमै जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिन सक्ने स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपाली बताउँछन्।

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटना बढे

यो वर्ष अहिलेसम्म मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेश प्रदेशमा पाँच जनाको मृत्यु भएको छ। 

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्‍यो’

स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन्। बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्‍याउँदै आएको छ।

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धोबीखोलामा ट्याक्सी खस्यो

अनामनगरस्थित मदन भण्डारी कलेज आसपासबाट ट्याक्सी धोबीखोलामा खसेको छ।

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै, १ वर्षमा १ हजार ५५४ जनाविरुद्ध मुद्दा

अख्तियारले सरकारी कर्मचारीमध्ये विशिष्ट श्रेणीका ६, सहसचिव सरहका ३०, उपसचिव ८२, शाखा अधिकृत २०२ र सहायक स्तरका २०० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एशिया ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण

नेपालकी प्रीति राईले एसिया ट्रायल मास्टर च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

मन्त्रिपरिषद् बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुका साथै स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने निर्णय गरेको छ।

उपनिर्वाचन मंसिर १६ गते गर्न सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सिफारिस गरेको छ। 

पर्साको तिलावे पुलको पिलर चिरा पर्‍यो, आवतजावतमा रोक

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउन्डेसनसँगै रहेको स्पान चिरा परेर सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए।