AnonymousUser

Logout

हुम्लाको सदरमुकाम सिमकोटमा यो वर्षकै पहिलो हिमपात

सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ।

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरू समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए।

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

द्वन्द्वपीडित भन्छन्– प्रभावकारी उपचार र आयआर्जनमा जोडिन सीपको व्यवस्था हुनुपर्छ

द्वन्द्वपीडितले जीविकोपार्जनका लागि आयमूलक सीप विकास, आम्दानीको दिगो स्रोत व्यवस्थापन र निःशुल्क उपचारको व्यवस्थापन गरिदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

संसदीय समितिले थाल्यो निजामती विधेयकका संशोधनकर्तासँग छलफल

संशोधनकर्ताहरूले सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने, राज्यबाट सेवासुविधा लिएको व्यक्तिलाई नयाँ सरकार आउनसाथ सरुवा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

बेथितिको दलदलमा कर्णालीको नमूना बसपार्कः ठेकेदारसँग भाडा उठाउन नसकेपछि नगरपालिका अदालतमा

वीरेन्द्रनगर नगरपालिकाले ऋण लिएर बनाएको कर्णालीकै ‘नमूना’ बसपार्क सञ्चालनको जिम्मा दिइएका ठेकेदारबाट भाडा उठाउन नसकेपछि नगरपालिका अदालत पुगेको छ। तर मुद्दामाथि मुद्दा थपिँदा सुनुवाइमा विलम्ब भएको छ।

काठमाडौँमा सजावटका लागि बोटबिरुवामा लहरेबत्ती राख्न नपाइने

काठमाडौँ महानगरले लहरेबत्ती व्यवस्थापन कार्यविधिमा व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागका अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

बाजुरामा स्कारपियो दुर्घटना हुँदा २ को मृत्यु, ३ जना घाइते

मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नेप्से परिसूचक १.६७ प्रतिशतले घटेर २६८९ अंकमा सीमित

आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा सीमित भएको छ भने सात अर्ब ४६ करोड बराबरको शेयर कारोबार भएको छ।

धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान ग्यास बुलेट दुर्घटनामा परेको हो।

कैलालीबाट १ करोडभन्दा बढीको सुनचाँदी र नगदसहित ३ जना पक्राउ 

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार छन्।

आइतबारदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्ने भएकाले आवश्यक सतर्कता विभागले अनुरोध गरेको छ।

धनगढीका प्रमुख हमाललाई उपचारका लागि दिल्ली लगियो

स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगर प्रमुख गोपाल हमाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। 

फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा संकटमा

जलारी दिदीबहिनी समूहकी अध्यक्ष मिना जलारीले जालमा परेका माछाले जीविका धान्न कठिन हुन थालेको बताइन्। अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने उनको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीको आक्रोश: बालमन्दिरको जग्गा कर्पोरेट हाउसलाई किन?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहाराविहीन बालबालिकाको संरक्षणका लागि राज्यले नेपाल बाल संगठनलाई प्रदान गरेको जग्गा ‘कर्पोरेट हाउस’लाई वर्षौंका लागि लिजमा दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। 

कालीगण्डकी करिडोर: काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ। 

घुर्केश गाउँको ‘बैंक घर’ बन्यो होमस्टे

घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ। गाउँका १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।

कर्णालीमा ३३ आयोजना अलपत्र: निर्माण व्यवसायीलाई अन्तिम मौका!

अधिकांश अलपत्र पारिएका ठेक्काको चार पटकसम्म म्याद थप गरिएको पाइएको छ। अति जरुरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पदाधिकारीका लागि ४० जनाको नाम छनोट

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको छ।