चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिकहरू २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार रहेका छन्।
२०७८ सालको जनगणना अनुसार कूल परिवारमध्ये ३.१ प्रतिशत परिवारका मुली अपांगता भएका व्यक्ति छन्। अपांगता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत छ।
झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा १० जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ।
कोरियामा रोजगारको अनुभव लिई फर्किएर नेपालमा व्यवसाय गरिरहेकाहरूले उद्यमशीलताको दिगोपनका लागि सहुलियत कर्जा, कर छुट, अनुदानलाई प्रभावकारी बनाउँदै उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनुपर्ने बताएका छन्।
एक्यापले गरेको खोज तथा अन्वेषणका क्रममा ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा २२३ प्रजातिका सुनाखरी भेटिएका छन्।
बाढीले क्षति पुर्याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ राहतमध्ये पहिलो किस्ता २५ हजार रुपैयाँसमेत पीडितले प्राप्त गरेका छैनन्।
चिनियाँ अनुदान र ऋणमा ल्याइएका, चार वर्षयता ‘ग्राउन्डेड’ जहाजबाट नेवानिले बेहोरेको घाटासँगै चिनियाँ वायुसेवाले भ्याट नतिरेकोबारे प्रधानमन्त्रीले चिनियाँ पक्षसँग कुरा गर्ने आशा सरकारी अधिकारीहरूको छ।
कप्तान अनिलकुमार साहको अर्द्धशतकमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ।
सोमबार परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा उक्लिएको छ भने साढे १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।
किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा चाहेजस्तो आम्दानी गर्न नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्।
सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।
मन्त्रिपरिषद् बैठकले प्रस्तावित ३०० मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडा अध्यक्षमा नेमकिपाका खड्गराज शाही विजयी भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन्।
करिब २०० वर्षअघि बेलायती राजदूतावास स्थापना हुनुअघि नै लैनचौर खुला मैदान थियो। त्यो समयको विशाल लैनचौर मैदान अहिले खुम्चिएर फुटसल र बास्केट बल कोर्टमा सीमित छ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्भ अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्न माग गरिएको रिट निवेदन दरपीठ गरेको छ।