AnonymousUser

Logout

प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न

भारत भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छोड्न आदेश

काठमाडौँ जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छोड्न आदेश दिएको छ।

कालीगण्डकी करिडोर : पहिरोग्रस्त क्षेत्रमा रोकियो निर्माण

पहिलोग्रस्त क्षेत्रमा जोखिम अत्यधिक भएकाले पाँच किमी सडक कालोपत्र नगरी राखिएको योजनाका सूचना अधिकारी, इन्जिनियर अरुण खत्रीको भनाइ छ।

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहीबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

भासिएको ४ महिनापछि सञ्चालनमा आयो कमलादीको सडक

सडक भासिएर क्षतिग्रस्त बनेको इच्छुमती (टुकुचा) खोलाको एघार मिटर लामो कलभर्टको निर्माण भएसँगै सडक सञ्चालनमा आएको हो।

सुर्खेतको ‘नमूना’ बसपार्कः ठेकेदार भागेपछि व्यवसायीले तिर्न छाडे भाडा, नगरपालिका निरीह

कर्णाली प्रदेशकै ‘नमूना’ भनिएको बसपार्क सञ्चालन गर्ने जिम्मा लिएको ठेकेदार कम्पनी भागेपछि विरेन्द्रनगर नगरपालिका बसपार्कका व्यवसायीबाट आफैंले तोकेको भाडा उठाउन सकिरहेको छैन। 

जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु

नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

साढे ७ वर्ष कैद माग गर्दै दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

सरकारी वकिल कार्यालयले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध कसुरमा साढे सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ। 

संक्रमणकालीन न्याय आयोगका पदाधिकारी छनोटबारे सूचना माग गर्दै निवेदन

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी छनोटका लागि तय आधार तथा मापदण्डबारे जानकारी माग गर्दै द्वन्द्वपीडितले निवेदन दिएका छन्।

तत्कालीन सशस्त्र प्रहरी निरीक्षक कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा

अख्तियारले झूट्टा शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको पदमा प्रवेश गरी लाभ लिएको आरोपमा तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

वायु प्रदूषणका कारण इरानमा विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

तेहरानमा वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य

एनपीएलमा बुधबारको दोस्रो खेलमा काठमाडौँले लुम्बिनीलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।

‘टहरो भत्काइदिए, ठेला खोसे, अझै लखेटिरहन्छन्’

फूलमाया तामाङ रामेछापबाट साढे तीन दशकअघि काठमाडौँ आइन् र सानोतिनो व्यापारमा लागिन्। टहरोको व्यापार ठेलागाडा हुँदै थमर्सको चियामा खुम्चिएको छ। त्यही थर्मस जोगाउन पनि प्रहरीसँग लुकामारी चल्छ।

बझाङको रायल केन्द्रविन्दु भएर भूकम्प

बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायल आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।

पहिलो याममा १० नाउर र ५ झारलको सिकार

ढोरपाटनमा जंगली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, काठमाडौँ उपत्यकामा चिसो बढ्यो

तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ।

भन्सार छलीको गाडी प्रयोगको आरोपमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकसहित तीन जनाबाट भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँ बरामद भएको जनाएको छ।

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

दुई दिनको हिमपात भएपछि सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर मंगलबार हवाई सेवा सञ्चालनमा आएको छ।

यस्तो छ बीआरआई फ्रेमवर्क सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सहकार्यको फ्रेमवर्क सम्झौता परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।