सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा रास्वपाका सांसदसहित केन्द्रीय पदाधिकारीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा समेत प्रभाव पारेको छ। महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन्।
सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ। ट्राफिक नियम मिचेकोमा सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल चालक नै छन्।
पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।
तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण उड्डयन क्षेत्र प्रभावित भएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि शुरू भएको छ।
मंसिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि मधेशको जनजीवन कष्टकर बन्दै गएको छ।
बाराको गढीमाई दर्शन गरेर फर्किँदै गरेका दर्शनार्थी बोकेको स्कर्पियो चन्द्रपुर–४ धन्सारपुल नजिक जंगलमा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो।
हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। दिवसको यस वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु जलवायु परिवर्तनको वर्तमान अवस्था, यसका कारणले परेको असरबारे आफ्नो अवस्था दर्साउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस)को माग गरेको छ।
धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बञ्चरेडाँडा जंगलमा भेटिएको संकटापन्न रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाइने बताएका छन्।
वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धानका लागि सोमबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा पुर्याइएको छ।
दुर्गा प्रसाईंले व्यवसायीहरूलाई धम्क्याउन हरिचन्द्र फुएल नाममा भारतीय आधारकार्ड लिएका नवीन प्रधानलाई प्रयोग गरेको, उनले नेपालका २४० जनालाई विश्नोईको नामबाट फोन गरेको खुलेको छ।
काठमाडौँसहित सात जिल्लामा भएका आगलागीका घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
अधिकारकर्मीले संक्रमणकालीन न्याय आयोगका अध्यक्षको श्रेष्ठसूचीप्रति द्वन्द्वपीडितले आपत्ति जनाइसको अवस्थामा उनीहरूको नेतृत्वमा गठन हुने आयोग पनि विश्वसनीय नहुने भन्दै सूची सच्याउन माग गरेका छन्।
अख्तियारले उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
भूकम्पपछि खानेपानी अभावले जाजरकोटका बस्ती रित्तिँदै छन्। मध्यम आर्थिक अवस्था भएका बसाइँ सरिसकेका छन्। निम्न आर्थिक अवस्था भएका कि सास्तीमा छन्, कि परिवारै लिएर कालापहाड जान बाध्य छन्।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन्।
भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ।