योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पुन्हि मनाउँछन्।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन्।
काठमाडौँदेखि नेपालगन्जसम्म यति एयरलाइन्समार्फत र नेपालगन्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए।
काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ।
दुर्घटनामा परी घाइते भएका आठ जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार मधेश प्रदेशमा धनुषाबाट सबैभन्दा बढी उजुरी परेको छ।
मधेश प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सुव्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन्।
मुस्ताङमा यस वर्ष ७३१ मेट्रिक्टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ।
लोकेन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भएका विकृतिमाथि गरेको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार पाएका हुन्।
पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।
अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए।
आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार निकुञ्ज कार्यालयमा नरहेको, हेलिकप्टर उडानमा रोक लगाउन गरेको पत्राचारको पनि कानूनी आधार र औचित्य नभएको क्यानको जिकिर छ।
द्वन्द्वका कारण २०४६ सालमा बन्द भएको टीकापुर विमानस्थलमा नियमित हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिट सुनिश्चितसहित सहमति गरेको छ।
‘पुष्पा २’को विशेष प्रदर्शनका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले भारतीय अभिनेता अल्लु अर्जुनलाई पक्राउ गरेको छ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार ७२६.८८ हेक्टर क्षेत्रफलमा ९३७.६७ मेट्रिक टन कोदो उत्पादन भएको हो।
पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ।
जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन्।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ।
सर्वोच्च अदालतले गत पुस ३ गते काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो।