पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
काठमाडौँ महानगरपालिका–३२, जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु भएको छ।
पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्स्पो (नाइस)–२०२५’ गरिने भएको छ।
एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा दुई करोड रुपैयाँको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
सेजन अवार्ड पत्रकार शरद ओझाले प्राप्त गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १०० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।
घाइतेमध्ये एक प्रहरी जवानको अवस्था गम्भीर रहेको र उनको बाँसवारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
काठमाडौँको तारकेश्वरमा बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजारभन्दा बढी विस्थापित भएका छन्।
डाँफे जेभीले दुई वर्षमा निर्माण गरेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।
बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने र नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको छ।
भारतका विभिन्न शहरमा रोजगारीका लागि कैलालीको त्रिनगर भन्सार नाका हुँदै एक सातामा नौ हजार १४९ जना नेपाली बाहिरिएका छन्।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले आफूहरू महिला सहकर्मीमाथि भएको हिंसामा संलग्न नरहेको भन्दै आरोपबाट सफाइ दिन महिला आयोगलाई दबाब दिएका छन्।
सीआईबीले भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतंकित पारी आपराधिक लाभ लिन खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताएका छन्।
रामेछापमा जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।