AnonymousUser

Logout

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवासम्बन्धी मुद्दा पुनरवलोकन हुने

न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले बिहीबार कांग्रे‍स सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवासम्बन्धी मुद्दा पुनरवलोकनका लागि ‘अनुमति हुने’ आदेश दिएको छ।

जंगली जनावरको आक्रमणबाट महिलाको मृत्युपछि सामुदायिक वनमा क्यामरा जडान

सामुदायिक वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवमाथि पनि आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामरा जडान शुरू गरिएको सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

मधेश प्रदेशसभामा भाषासम्बन्धी विधेयकको विरोध

मधेश प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयक सच्याउन सत्ता र प्रतिपक्षी दलका सांसदले माग गरेका छन्।

कञ्चनपुरमा पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ

कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट पेस्तोलसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।

समयमै मिटर जडान नहुँदा खेर जाँदै मेलम्चीको खानेपानी (तस्वीहरू)

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगरिदिँदा हजारौँ लिटर पानी खेर गइरहेको महाबौद्ध क्षेत्रका स्थानीय बताउँछन्।

काभ्रेको महाभारत जंगलमा ३ दिनदेखि डढेलो 

खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा मंगलबार दिउँसोदेखि डढेलो लागिरहेको छ। 

शुरू भयो शहीद सप्ताह, विभिन्न कार्यक्रम गरेर मनाइँदै

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ। पहिलो दिन शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकुस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ।

सूर्यविनायक–धुलिखेल सडक निर्माण चाँडो सक्न ताकेता

सूर्यविनायक–धुलिखेल ७.५ किमी सडक विस्तारका लागि कुल ३ अर्ब ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम भइरहेको छ। 

सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने 'इनड्राइभ' चालक पक्राउ

यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ।

असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री

असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्‍याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन्।

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो। उड्ने क्रममा विद्युतीय प्रसारण लाइनमा ठोक्किएर मर्ने गरेका थिए।

नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

राैतहटको सीमा क्षेत्रमा नक्कली पेस्तोल देखाएर नेपालीसँग रकम असुली गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगन्जमा दुई दशकसम्म बनेन बीपी उद्यान, महानगरको जग्गामा व्यवसायीको राइँदाइँ

सरकारले वीरगन्ज महानगरलाई बीपी उद्यान बनाउन दिएको १० बिघा जग्गाको ठूलो भागमा टहरा हालेर लामो समयदेखि पसलहरू सञ्चालित छन्। पछिल्लो समय महानगरले जग्गा खाली गर्न सूचना जारी गरे पनि कारबाही चलाएको छैन।

विद्युत् प्राधिकरणले पोल नसार्दा पूर्व–पश्चिम राजमार्ग विस्तारमा ढिलाइ

पोल नसारेकै कारण सिरहाको लहान, गोलबजार, मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारमा सडक निर्माण ठप्प छ।

चिसो बढेपछि नेपालगन्जका विद्यालयमा ३ दिन बिदा

नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको छ।

१३ करोड १२ लाखमा बन्यो जैमिनी र फलेवास जोड्ने पुल

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला शहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।

गण्डकीमा जिसस प्रमुखलाई अस्पताल अध्यक्षको जिम्मेवारी

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखलाई दिएको छ।

वीरगन्जमा स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

स्कुल बसको ठक्करबाट वीरगन्जमा मंगलबार साइकल यात्रुको मृत्यु भएको छ।

सांसदहरू भन्छन् – लेखा समितिले प्रभावकारी काम गर्न सकेन

सार्वजनिक लेखा समितिको बैठक नियमित बस्न नसकेको, उजुरीको छानबिन हुन नसकेको, निर्देशन कार्यान्वयनको अवस्थाबारे खोजीनीति नगरेकोलगायत विषयमा सांसदले असन्तोष व्यक्त गरेका छन्।

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्दै, यस्तो छ संसद्‍मा लैजान लागिएको विधेयक

वर्षौंदेखि उठिरहेको, मुलुक संघीयतामा गएपछि बहस तीव्र बनेको प्रहरी ऐन संशोधन प्रक्रिया बल्ल अघि बढेको छ। संसद्‍मा दर्ता हुन तयार प्रहरी विधेयकमा ३० वर्षे सेवा अवधि हटाउनेलगायत अरू के–के व्यवस्था छन्?