AnonymousUser

Logout

अनुसन्धान प्रभावित पार्न १ लाख लिएर अख्तियार पुगेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

आफूविरुद्धको अनुसन्धान प्रभावित पार्न १ लाख रुपैयाँ लिएर अख्तियार पुगेका अछामको मेल्लेखका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

सहकारीका प्रबन्धकमाथि कुटपिटको आरोपमा भीमाद–७ का वडाध्यक्षसहित ५ जना पक्राउ

भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धकलाई कुटपिट गरेको आरोपमा भीमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्।

चिसो बढेपछि कञ्चनपुरका ३ स्थानीय तहका विद्यालयमा बिदा

चिसोले विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका छन्। 

खुम्बुमा रोकिएन भूकम्पको पराकम्प

मंगलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन्।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउन रुख कटानको सम्झौता

यस सम्झौतासँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ।

सुरक्षा मापदण्डबिनाका सडकः मृत्युसँग जुधेर यात्रा

नेपालमा सडक विस्तार तीव्र गतिमा बढेको छ। अहिले देशभर सडकको कुल लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ, तर दुर्घटनाको तथ्यांक हेर्दा यी सडकलाई सुरक्षित बनाउन बाँकी नै छ।

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो।

पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै ८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।

मधेशमा हुस्सु र शीतलहर: महोत्तरीका ५ पालिकामा विद्यालय बिदा

तराई मधेशमा विगत दुई–तीन दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेपछि चिसोले जनजीवन प्रभावित बनेको छ।

बाक्लो हुस्सु र कुहिरोका कारण दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मंगलबारदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। बुधबार बिहान २ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।

चिसो बढेसँगै वीरगन्ज महानगरका विद्यालयमा ३ दिन बिदा

बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी महानगरले विद्यालयमा बिदा दिएको हो।

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

सकारात्मक सोच र भूकम्पको जोखिम व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ।

तिब्बत भूकम्पका कारण नेपालमा १३ जना घाइते, १४ घरमा क्षति

तिब्बतको डिङ्गयीमा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते भएको प्रहरीको भनाइ छ।

नेवानिको अवस्था सुधार्न व्यवस्थापन करारमा जानुपर्ने सांसदहरूको सुझाव

फितलो व्यवस्थापन, आर्थिक संकट लगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमको अवस्था सुधार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन्।

चीन भूकम्प: नेपालमा कहाँ–कहाँ भयो क्षति?

भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

पक्राउ परेका व्यक्तिहरूले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चीनको दिंग्गे काउन्टी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १०० किलोमिटर टाढा दिंग्गेमा शक्तिशाली भूकम्प गएको बताएका छन्। 

स्याङ्जामा हराउँदै गयो गुन्द्री बुन्ने चलन

बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघको फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ।

काठमाडौँमा भूकम्पको धक्का 

काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण मानिसहरू सडकमा निस्किएका छन्।

सार्वजनिक यातायातको भाडादर ३.३० प्रतिशतसम्म बढ्यो

यातायात व्यवस्था विभागले राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर ३.३० प्रतिशतसम्म बढाएको छ।