AnonymousUser

Logout

मधेश प्रदेशका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : लामिछानेका कानून व्यवसायीको बहस जारी

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले बहस गरेपछि प्रतिवादी तर्फका कानून व्यवसायीको बहस चलिरहेको हो।

भरत थापामाथिको 'बायोपिक' ९ महिनादेखि अलपत्र, अख्तियारको मुद्दापछि निर्देशक नयाँ फिल्मतिर

बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापामाथि बनाउन थालिएको 'बायोपिक'को छायांकन गत वैशाख १० गते नै सकिए पनि पोष्ट प्रोडक्सनमा गएको छैन। बरु निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्मतिर लागेका छन्।

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

पश्चिम नवलपरासीको कारागारमा क्षमताको तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको  थियो।

यस्तो रहनेछ सोमबारको माैसम

हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

वायुसेवा सञ्चालकले रोके खुम्बुक्षेत्रमा हेलिकप्टर उडान

वायुसेवा सञ्चालक संघले खुम्बुक्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेकाले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको छ।

स्वर्णलक्ष्मी सरकारीको बचत दुरूपयोग अभियोगमा रवि, छवि, जीबीसहित ३९ जनाविरुद्ध मुद्दा

स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरूपयोग अभियोगमा सो सरकारीका अध्यक्ष गितेन्द्रबाबु राई, पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ।

माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्ने चटारो

बागमती–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हीरालाल मण्डलको भनाइ छ।

मान्छेबेगरका घरहरू : ढोकामा ताल्चा, आँगनमा झाडी

धुलोधुवाँदेखि टाढा रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागत रूपमा धान, गहुँ, मकैखेती गर्दै आएका बोराङका किसानको जग्गा अहिले बाँझै छन्।

पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा १ जनाको मृत्यु, १ गम्भीर

पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास सिलिन्डर फेर्ने क्रममा चुहिएर आगलागी हुँदा आइतबार स्थानीय ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो।

पर्यटकीय गन्तव्य बन्यो म्याग्दी रत्नेचौरको तोरीबारी

बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरीबारीमा रमाउँदै फोटो खिच्ने तथा टिकटक र भिडियो बनाउनेको थोगी नसक्नु भिड लाग्ने गरेको छ।

बीपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब खर्च हुने

काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ।

सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्दै सिंगापुर

सिंगापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने ‘हाइड्रोजन जेनेरेटर’को क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ।

दार्चुलाका स्थानीय तहमा अस्पताल भवन निर्माणको गति सुस्त

अस्पताल भवन निर्माण नहुँदा लेकम, दुहुँ र अपि हिमालका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण

प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको नगरपालिकाले जनाएको छ।

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन्।

तराई क्षेत्रमा बढ्दै चिसो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले केही दिनदेखि अत्यधिक चिसो बढेकाले सतर्कता अपनाउन आग्रह गरे।

महाकाली सन्धिका २९ वर्ष: नेपाललाई पानी दिन भारतको बेवास्ता

महाकाली सन्धि भएको करिब तीन दशक बितिसक्दा पनि शारदा बराजबाट नेपालतर्फ पानी पठाउन भारतले लिंक नहर बनाएको छैन। जबकि, सन्धिमा भारतले त्यतातर्फको ११ सय मिटर नहर बनाउनु पर्ने उल्लेख छ।

मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

बिहीबार दिउँसो पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प भएको थियो।