सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ।
विधेयकमा अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक प्रतिस्पर्धाका लागि उमेरहद नलाग्ने गरी अवसर प्रदान गरिनुपर्ने तथा त्यसमा सफल नभएकालाई उपदानको व्यवस्था गर्न पनि ट्रेड युनियन सुझाव छ।
तीनै बालबालिकाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाए छ।
रवि लामिछानेका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीबाट विद्या भट्टराईले आफूसँग असहमतिका कारणले नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।
सुख्खा पहिरोका कारण यातायात अवरुद्ध हुँदा अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्।
शिशुको हत्या आरोपमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित नगर्न आन्दोलनरत पक्ष र सरकारसँग आग्रह गरेको छ।
दानव खोलामा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको, अरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।
चैत १५ गते केही व्यक्तिले सडकमा राखिएका ड्रममा आगो लगाएर विमानस्थल क्षेत्रभित्र फालेका थिए, यद्यपि विमानस्थलको दमकलले समयमै आगो निभाउँदा आयल निगमको इन्धन डिपो जोगिएको थियो।
शिक्षकहरूले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा डुबेर तीन बालक बेपत्ता भएका छन्।
निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको उद्योगी/व्यवसायीहरूको भनाइ छ।
काठमाडाैँको ठमेल र धुम्बाराही क्षेत्रमा ट्याक्सी चालकहरूसँग विभिन्न बहानामा कुरा गरी, साथीलाई फोन गर्छु भन्दै मोबाइल मागेर फरार हुने गरेका थिए।
पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न, खुद्रा सामान लिएर पलाँता–४ छलतर्फ जाँदै गरेको ट्र्याक्टर बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको जिप विद्युत्को पोलबाट चुँडिएको तारमा अल्झिँदा आगलागी भएको प्रहरीको भनाइ छ।
सोमबार बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगर–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी युवतीको चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार भइरहेको छ।