AnonymousUser

Logout

सहज बन्दैछ मुग्लिन–पोखरा सडक [तस्वीरहरू]

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

हतियार सफा गर्ने क्रममा गोली लागेर सैनिकको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोस्टमा कार्यरत एक सैनिकको हतियार सफा गर्ने क्रममा गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

विसु पर्व मनाउन घर फर्कँदै नेपाली

सुदूरपश्चिमवासीले मनाउँदै गरेको विसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन्।

व्यापार सहजीकरण वार्ता: नेपालमा जारी उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति

व्यापार सहजीकरण वार्तामा नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। 

महोत्तरीको बलवान–११ मा भेटिए क्षयरोगका २५ संक्रमित

बलवान नगरपालिकाको वडा नं ११, धमौरा गाउँमा २५ जनामा क्षयरोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन्।

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

म्याग्दीमा अस्पताल भवन अलपत्र

दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७८ असारमा ९ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ।

दुर्गा प्रसाईं झापामा पक्राउ, काठमाडौँ ल्याइँदै

प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ। 

विशेषको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्चमा

अख्तियारले साबिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गरेको ऋण प्रवाहका सम्बन्धमा १२ वटा मुद्दा दायर गरेको थियो। सबै मुद्दामा विशेषको फैसला कानूनसम्मत नभएको भन्दै पुनरावेदन गरेको हो।

दुर्गा प्रसाईंले आत्मसमर्पण गरेको सचिवालयको भनाइ, प्रहरी भन्छ : हामीलाई थाहा छैन

चैत १५ गतेको आन्दोलनमा हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले प्रसाईंको खोजी गरिरहेको थियो।

रामेछापमा जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते

प्रहरीका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पूजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो।

४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानून बन्दै

वि.स.२०३४ सालमा बनेको जग्गा प्राप्ति ऐनलाई समयसापेक्ष संशोधन तथा परिमार्जन गर्न बनेको विधेयकमाथि मन्त्रालयले सुझाव संकलन गरिरहेको छ।

बाढीले निर्माणाधीन पुल भत्काउँदा २ करोड बराबरको क्षति

बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ।

अनलाइन ठगी बढ्यो, म्यासेजमा पठाइएका लिंक नखोल्न साइबर ब्युरोको अनुरोध

सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्युरोले अनुरोध गरेको छ।

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

हिमपातका कारण लार्केपास हिँडेका पर्यटक बीचबाटोमै रोकिएका छन्। लार्केपास पदमार्ग पूरै हिउँले ढाकिएको छ।

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण दाउन्नेमा सडक हिलो र चिप्लो भएकाले सवारी आवतजावतमा कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको छ।

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ घाइते

चट्याङ लागेर बुधबार राति सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको छ।  

बझाङमा चट्याङ लागेर एकको मृत्यु

वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै परेको चट्याङ लागेर बुधबार राति ७८ वर्षीय धौले बोहराको मृत्यु भएको छ। 

दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

नेपाल पत्रकार महासंघले दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।